मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- तपाईको दिन आध्यात्मिक दृष्टिले अनौठो अनुभूति गराउने खालको रहेको छ। रहस्यमय विद्या सिक्नको लागि विशेष रुची राख्नुहुनेछ । नयाँ कार्य सुरु नगर्नुहोला। रिस र बोलीमा विशेष ध्यान राख्नुहोला। शत्रुले हानि पुर्याउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- दाम्पत्य जीवनको विशेष आनन्द लिनुहुनेछ। कुनै पनि सामाजिक स्थानमा घुमफिर वा छोटो यात्राको आनन्दमा दिन बिताउनु हुनेछ। आफन्त र मित्रसँग उत्तम भोजन गर्ने अवसर प्राप्त हुनेछ। विदेशमा बस्ने आफन्तको समाचार मिल्नेछ। व्यापारीको व्यापार वृद्दि हुनेछ। सार्वजनिक क्षेत्रमा प्रतिष्ठा प्राप्त हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- कार्य सफलता र चर्चा प्राप्त गर्नको लागि दिन शुभ रहेको छ। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनुहुनेछ। आर्थिक लाभ होला। रोकिएको काम पुरा गर्नको लागि सरल मार्ग बन्नेछ। प्रतिस्पर्धामा सफलता प्राप्त गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- शारीरिक र मानसिक अस्वस्थताको कारण बेचैन रहनुहुनेछ र आकस्मिक खर्च हुनेछ। प्रेमीप्रेमिका बीच वाद-विवाद हुनाले मनमुटाव हुनेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण हुनाले संकट खडा हुनेछ। नयाँ कामको सुरुवात नगर्नुहोला। पेट तथा पाचन तन्त्र सम्बन्धित समस्याले सताउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- परिवारमा मनमुटावको वातावरण रहनेछ। कुटुम्बसँग पनि मनमुटाव हुन सक्ला। आमाको स्वास्थ्यमा समस्या आउन सक्ला। मनमा नकारात्मक विचार आउनाले उदासी अनुभव गर्नुहुनेछ। जमिनको कागजातमा हस्ताक्षर नगर्नुहोला। स्त्री वर्ग तथा पानीबाट सम्हालेर रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- शारीरिक- मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। साथै तपाई प्रेमपूर्ण सम्बन्धबाट खुशी रहनुहुनेछ। भाईबहिनीसँग समय बिताउनु हुनेछ। प्रतिस्पर्धिको चाल निष्फल हुनेछ। कुनै पनि कार्य सोचविचार नगरी कदम नउठाउनुहोला। आध्यात्मिक मामिलामा सिद्धि मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): मानसिक स्थिति दुविधापूर्ण रहनेछ जसकारण महत्त्वपूर्ण निर्णय नलिनुहोला। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। बोलीमा विशेष ध्यान राख्दा परिवारको सदस्यसँग वादविवाद हुनेछैन। आर्थिक लाभ होला। स्वास्थ्यको ध्यान राख्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): परिवारसँग आनन्दसँग दिन बिताउनुहुनेछ। शारीरिक र मानसिक प्रसन्नता रहनेछ। प्रिय व्यक्तिसँग भेट सफल र आनन्ददायक रहनेछ। मित्र तथा आफन्तको तर्फबाट उपहार मिल्नाले आनन्द अनुभव गर्नुहुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। सामान्य रूपले पूरा दिन खुशीयालीमा बिताउनु हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): तपाईको दिन कष्टदायक रहनेछ। पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ। तपाईमा रिसको भावना अत्यन्तै रहनेछ जसकारण कसैसँग उग्र व्यवहार गर्नुहुनेछ। स्वास्थ्य खराब हुन सक्ला। दुर्घटनाबाट बच्नुहोला। अत्यधिक पैसा खर्च हुनेछ। अदालती काम-काजमा सावधानीपूर्वक कदम उठाउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): लाभदायक दिन हुनुको साथसाथै घरमा कुनै शुभ प्रसंगको आयोजन होला। कुनै पनि वस्तुको किनमेलको लागि शुभ दिन रहेको छ। शेयरबाट पैसा लाभ होला। मित्र वा आफन्तसँग भेट हुँदा आनन्दित महसुस गर्नुहुनेछ। पेसा-व्यवसायमा लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): उच्च पदाधिकारी र वृद्द वर्गको कृपादृष्टि रहनेछ। सबै काम सरलतापुर्वक सम्पन्न भएको अनुभव हुनेछ। पेसा- व्यवसायमा परिस्थिति अनुकूल रहनेछ। तपाईले मानसिक रूपले राहत महूस गर्नुहुनेछ। मान-सम्मान बढ्नेछ। घरायसी जीवनमा आनन्द अनुभूति हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): तन-मनले थकान तथा बेचैनी अनुभव गर्नुहुनेछ। सन्तानको समस्याले चिन्तित गर्नेछ। पेसामा उच्च अधिकारीसँग वादविवाद हुनाले असन्तुष्टिको सामना गर्नुपर्नेछ। नकारात्मक विचारले मन घेरिरहनेछ। सरकारको तर्फबाट समस्या खडा होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah