एजेन्सी । संसारमा अनेक घटना हुन्छन् । जसले मानिसको जिवनमा नै असर गर्छ । हिन्दु धर्मशास्त्र अनुसार विवाह बन्धन सात जुनीसम्मको नाता हो। त्यसैले यो सम्बन्धलाई निकै सम्मानका साथ निभाइन्छ ।

हिन्दु धर्ममा विवाहलाई दुई परिवारबीचको सम्बन्धका रुपमा लिइन्छ । त्यसैले विवाहमा वेहुला र वेहुली मात्र होइन दुई परिवारबीचको नाता सम्बन्ध जोडिने भएकाले यसको ठूलो महत्व हुन्छ ।

तर आधुनिक समाजमा यसको महत्व कम हुँदै गएको भान हुन्छ । विवाहको निर्णय गरेर पनि अन्तिम अवस्थामा धोका भएका कति उदाहरण छन् । तर यहाँ त विवाह मण्डप वाटै बेहुला हराएका छन् । जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागे पछि वेहुलीको अवस्था के भयो होला ?

यस्तो घटना भारतको कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा भएको छ । आधा विवाह गर्दागर्दै बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्।

बेहुला हराएपछि उनको खोजी गरियो तर उनी फेला परेनन् । यो घटनाले बेहुला र बेहुलीकै परिवार विक्षिप्त बनेका थिए। अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेका थिए।

सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ। यो घटनापछि बेहुलीको परिवारले विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि मानहानीको मुद्दा हालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah