एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले गत वर्ष उडानमा रहँदा ‘अ श्ली ल र अ भ द्र का र्य ग रे को अदालतसामु स्वीकारेका छन्। माइकल हाकले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अ श्ली ल चलचित्र हेरेको अभियोजनकर्ताहरूले आरोप लगाएका थिए। साउथवेस्ट वायुसेवाको उडान जारी रहँदा ६० वर्षीय हाकले ककपिटमा थप यस्तो गरेको बताइएको छ।

मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएका छन्। सो घटना सन् २०२० अगस्ट २० को दिन फिलाडेल्फीयादेखि ओर्ल्यान्डोसम्मको उडानमा भएको अदालतलाई बताइएको छ। विमान सुरक्षित उचाइमा पुगेपछि हाक आफ्नो कुर्सीबाट उठेको, जानाजान लुगा खोलेको र ल्यापटपमा अ ‘श्ली’ल चित्र र चलचित्र हेर्न थालेको बताइएको छ।

“विमानकी सहचालिकाले आफ्नो काम गरिरहँदा हाक भने अझै थप अभद्र व्यवहार देखाइरहेका थिए,” सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। उनीहरूका अनुसार हाकले उडानअघि कहिल्यै ती सहचालिकालाई भेटेका थिएनन्। अमेरिकाका सहमहकन्यायाधिवक्ता माइकल कनिङ्घमले सहचालिकाले त्यस्तो व्यवहार भोग्नु नपर्ने अधिकार रहेको बताएको एपी समाचार संस्थाले जनाएको छ।

सो घटना हुँदा विमान मेरिल्यान्डमाथि उडिरहेकोले त्यहाँ मुद्दा चलाइएको हो। हाकले सार्वजनिक स्थलमा अश्लील र अभद्र व्यवहार देखाएको स्वीकार गरेका छन्। एउटा भिडिओमा उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सो कार्य आफू र सहचालिकाबीच जिस्कँदा भएको र यसको यस्तो नतिजा होला भनेर कहिल्यै नसोचेको दाबी गरेका छन्।

न्यायाधीश जे मार्क कल्सनले हाकले त्यस्तो व्यवहारले सहचालिकालाई आघात पारेको र त्यसले यात्रुहरूको सुरक्षालाई खतरामा पार्न सक्ने बताएका थिए। फ्लोरिडाका हाक २७ वर्ष सो वायुसेवामा विमान चालक रहेर गत वर्ष अगस्टमा सेवा निवृत्त भएका थिए। एक विज्ञप्तिमा वायुसेवाले त्यस्तो व्यवहारलाई नसहेको बताएको छ। एक प्रवक्ताले हाक सेवा निवृत्त भएपछि सो घटनाको जानकारी पाएको बताएका छन्। त्यसपछि हाकलाई सेवा निवृत्त भएपश्चात् प्राप्त हुने सुविधा रोकिदिएको वायुसेवाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah