मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाई घरको कुराप्रति अधिक ध्यान दिनुहुनेछ। परिवारसँग बसेर महत्त्वपूर्ण कुराको चर्चा गर्नुहुनेछ। घरमा नयाँ सजावट गर्ने विचार गर्नुहुनेछ। आफ्नो कार्यमा सन्तोष अनुभव हुनेछ। स्त्री मित्रको तर्फबाट सम्मान मिल्नेछ। आमासँगको सम्बन्ध राम्रो रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विदेश स्थित आफन्त तथा मित्रको समाचारले आनन्द प्रदान गर्नेछ। विदेश जान ईच्छुक व्यक्तिको लागि राम्रो अवसर रहेको छ। लामो यात्रा हुन सक्ला। एक-दुई धार्मिक स्थलको यात्राले मन प्रफुल्लित हुनेछ। कार्यालय वा व्यापारिक स्थलमा कार्यभार अधिक रहनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

निषेधात्मक विचारबाट टाढा रहनुहोला। नयाँ कार्यको प्रारम्भ तथा रोगोपचार प्रारम्भ गर्नु हितकार रहेको छैन। रिसलाई नियन्त्रण गर्नुहोला। अधिक खर्च हुन सक्ला। पैसाको संकट भएको अनुभव हुनेछ। निषेधात्मक विचारबाट टाढा रहनुहोला। आध्यात्मिकता र ईश्वरको प्रार्थनाबाट राहत मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

वैभवी जीवनशैली तथा मनोरंजक प्रवृत्तिबाट आनन्दित रहनुहुनेछ। व्यावसायिक क्षेत्रमा लाभ हुनेछ। स्वास्थ स्वस्थ रहनेछ। मान-प्रतिष्ठा वृद्धि होला। भ्रमण वा यात्राको आयोजन गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मध्यम फलदायी रहेको छ। पारिवारिक सदस्यसँग ध्यानपूर्वक रहनुहोला। दैनिक कार्यमा ढिलाई हुन सक्छ। त्यसैले कार्य सम्पन्न हुनमा मदत्त मिल्नेछ। अधिक परिश्रम पश्चात पनि सफलता प्राप्त नहुँदा निराशा छाउनेछ। आमाको बारेमा चिन्ता रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको कसैसँग झगडा हुन सक्ला। आकस्मिक खर्च हुन् सक्ला। विधार्थीको पढाईमा बाधा उत्पन्न हुनेछ। प्रियजनसँग भेट हुँदा आनन्दित महसुस गर्नुहुनेछ। पेट सम्बन्धित समस्या हुन सक्ला। पुँजीमा लगानी गर्नुपूर्व सोचविचार गर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको लागि शुभ समय रहेको छ। मनमा संवेदनशीलता अधिक मात्रामा रहनेछ। शारीरिक उर्जा अभाव रहनेछ। मानसिक निराशापन रहनेछ। पैसा र प्रसिद्दिमा हानि होला। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। निकट व्यक्तिसँग झगडा हुन सक्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्य प्रारम्भ गर्नको लागि शुभ दिन रहेको छ। दिनभरि प्रसन्न रहनुहुनेछ। भाई- बहिनीसँग आवश्यक घरायसी चर्चा गर्नुहुनेछ। आर्थिक लाभ तथा भाग्यवृद्दि हुने योग रहेको छ। छोटो यात्रा आयोजन हुन सक्छ। मित्रसँग भेट हुँदा मन प्रफुल्लित हुनेछ। कार्यमा सफलता मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन मिश्र फलदायी रहेको छ । केहि ज्ञात नहुँदा निर्णय लिन कठिन हुनेछ। परिवारसँग मनमुटाव नहोस् यस कुराको ध्यान राख्नुहोला। कार्यमा अपेक्षित सफलता नमिल्दा निराशा रहनेछ। कार्यभार बढ्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बिहानी ईश्वरको स्मरणले हुँदा मन प्रफुल्लित रहनेछ। धार्मिक रुपले पूजा गर्नुहुनेछ। पारिवारिक माहोल मंगलमय रहनेछ। आफन्तबाट उपहार मिल्नेछ। व्यावसायिक र व्यापारको स्थानमा प्रभाव पर्नेछ। तपाईको कार्यबाट उच्च अधिकारी सन्तुष्ट हुनेछन् । कार्य सरलतापुर्वक सम्पन्न हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक र मानसिक रुपले अस्वस्थ रहनुहुनेछ। परिवारसँग झगडा होला। पैसाको लेनदेन वा पूंजीमा लगानी गर्नुपूर्व ध्यान दिनुहोला। अदालती कार्यवाहीबाट सम्हालेर रहनुहोला। अधिक खर्च हुन सक्ला। अरुको भलो सोच्दा आफुलाई हानि होला। बोलि र व्यवहारमा विशेष ध्यान दिनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक धनलाभ होला । सन्तानको विषयमा शुभ समाचार प्राप्त हुनेछ। बाल्यकालको मित्रसँग भेट हुँदा आनन्द महसुस गर्नुहुनेछ। नयाँ कार्यको सुरुवात गर्नुहुनेछ। सामाजिक प्रसंगको लागि कतै बाहिर जानुहुनेछ। व्यवसायिक क्षेत्रमा आर्थिक रुपले लाभ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah