मेष – नोकरी रोजगारीमा फाइदा मिल्नेछ । कार्यभारमा प्रशंसा मिल्नेछ । जागिरको सम्भावना प्रबल रहेको छ । आम्दानी बढ्ने एवम कृषि, पशुचौपायाबाट धनार्जन हुनेछ । पारिवारिक स्वास्थ्यमा भने समस्या आउने एवम जीवन साथीसँगको सम्बन्ध सामान्य धमिलो हुनेछ । धर्मकर्ममा भने रुचि एवम सामाजिक क्षेत्रमा पहिचान बन्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवम सानो यात्राको योग बन्नेछ ।
वृष – धार्मिक रुचि बढ्नेछ । साझा काममा समय बित्नेछ । विदेशबाट धनको फाइदा एवं अधुरा काम सुचारु हुनेछ । राजनीतिक लाभ मिल्ने एवम ठुलाबडाको साथ रहनेछ । आम्दानी बढ्नाले धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । प्रेममाभने सामान्य भनाभन एवम बोलीबचनको कारणले मित्रता टुट्नेछ । खेलकुद एवम प्रतिस्पर्धामा भने राम्रै जित मिल्नेछ ।
मिथुन –साताको सुरुमा स्वास्थ्यमा गडबडी एवम काममा बाधा आउनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम बिगार्नेहरु अघि सर्नेछन् । साताको मध्यमा भने काममा प्रगति मिल्ने, विदेशबाट फाइदा हुने, सामाजिक एवम धार्मिक कार्यमा संलग्नता बढ्ने देखिन्छ । सन्तानको स्वास्थ्यमा गडबडी एवम प्रेममा किचलो हुनेछ । साताको अन्त्यमा भने प्रतिष्ठा बढ्ने एवम् नाेकरी, रोजगारी क्षेत्रमा नयाँ कार्यभार मिल्नेछ ।
कर्कट– साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम पारिवारिक सहयोगले अधुरा काम बन्नेछ । साताको मध्यमा भने रोकावट एवम बाधाको सामना गर्नु पर्नेछ । अपजस मिल्न सक्ने एवम स्वास्थ्यमा गडबडी देखिन्छ । अध्ययन पक्ष कमजोर रहनेछ । अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम सामाजिक प्रतिष्ठा मिल्नेछ ।
सिंह–प्रतिस्पर्धा एवम खेलकुदमा विजय मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम विपक्षीसँग जित मिल्नेछ । प्रेममा प्रगति एवम वैवाहिक कुरा अघि बढ्नेछ । व्यावसायिक यात्रा हुने एवम लगानीमा फाइदा मिल्नेछ । सन्तानको सहयोग एवम प्रगति हुनेछ । विद्याध्ययन एवम शैक्षिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । पाचन गडबडीले सामान्य स्वास्थय बाधा रहन्छ ।
कन्या– अध्ययनमा प्रगति देखिन्छ । कला संगीतमा रुचि जाने एवं सृजनामा प्रगति मिल्नेछ । सन्तानको सहयोग बढ्ने एवम मातृपक्षबाट धनको सहयोग मिल्नेछ । होटल एवम कृषि व्यवसायमा धन आर्जन हुनेछ । साताको मध्यमा भने वादविवाद हुन सक्ने एवम घर बाहिरको काममा प्रगति मिल्नेछ । खेलकुदमा भने प्रगति मिल्ने एवम जीवन साथीको सहयोगले व्यवसायमा राहत हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवम आफन्त भित्रमा धनको विवाद बढ्नेछ ।
तुला–मानसिक चिन्ता थपिनेछ । घरायसी सल्लाहन मिल्नाले आपसी विवाद बढ्नेछ । स्त्री पक्षसँग मनमुटाव एवम व्यर्थ झगडा हुनेछ । साताको मध्यमाभने व्यापारमा लाभ एवम व्यवसायबाट सन्तुष्टि मिल्नेछ । सन्ततीको सुख बढ्ने एवम विरोधीसँग सहकार्य हुनेछ । दाँतको समस्या एवम नाक, कान घाँटीको समस्या हुनेछ । दाजुभाइमा सामान्य कलह एवम पारिवारिक दुरी बढ्नेछ ।
वृश्चिक– नयाँ काममा योजना बन्नेछ। टाढाका मित्रबाट धनको सुख मिल्नेछ । दाजुभाइ एवम आफन्तबाट सहयोग तथा सद्भाव मिल्नेछ । साताको मध्यमा भने चिन्ता बढ्ने चिसोले स्वास्थ्य बाधा हुनेछ। मानसिक स्वास्थ्यमा समस्या आउने एवम घरायसी विवाद निम्तिने छ । मित्रतामा समस्या एवम यात्रामा बढी खर्च हुनेछ । बोलीबचनको प्रभावले भने ठुलाबडासँग राम्रो प्रभाव पर्नेछ । आम्दानी बढ्नाले पुराना व्यवहार मिल्नेछ ।
धनु – भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ । धनआर्जनको श्रोत खुल्ने एवम आफन्तबाट धनको सहयोग मिल्नेछ । शैक्षिक एवम सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम मानसम्मानको योग देखिन्छ । साताको अन्त्यमा भने घरायसी विवादमा परिने एवम मित्रबाट सामान्य धोका हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम शीर दर्दको योग देखिन्छ । घरमुलीलाई स्वास्थ्यमा बाधा हुन सक्नेछ ।
मकर – अनावस्यक विवादमा परिनेछ। मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिने एवम मनोरञ्जनमा खर्च हुनेछ। व्यापारमा भने राम्रो आम्दानी हुने, भोजभतेरमा सहभागिता मिल्ने एवम माइती मावलीबाट धनको सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमाखर्च बढ्ने एवम यात्रामा शारीरिक कष्ट हुनेछ । पितृ पक्षबाट सहयोग मिल्ने तथाउच्च व्यक्तिहरुबाट सद्भाव मिल्नेछ ।
कुम्भ –अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम पारिवारिक झमेला हुनेछ । यात्रामा समस्या पर्ने एवम सरसामान हराउन सक्नेछ । मानसिक चिन्ता बढ्नाले काम अधुरो रहनेछ । कृषिबाट , पशुचौपायबाट आम्दानी हुनेछ । जागिर एवम रोजगारीमा भने प्रगति एवम् ठुलाबडाको साथ मिल्नेछ । सन्तानको प्रगति एवम आम्दानीको स्तर बढ्नाले पुराना काममा सफलता मिल्नेछ ।
मीन –साताको सुरुमा राम्रो आम्दानी हुनेछ । महिला वर्गबाट सहयोग एवम कृषि तथा होटल व्यवसायमा धन आर्जन हुनेछ। साताको मध्यमा भने सामान्य खर्च बढ्ने एवम यात्रा कष्टकर हुनेछ । अनावश्यक विवाद निम्तिने तथा मातृपक्षको स्वास्थ्यमा समस्या आउनेछ । खानपीनको कारणले समस्या आउने तथा बोलीवचनको कारणले मित्रता टुट्नेछ । रिसको आवेगमा धन क्षति हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम नयाँ योजनामा लगानी हुनेछ । सामुदायिक काममा समय व्यतित हुनेछ।
प्रस्तुतिः ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी



