मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तपाईले दिनभर प्रतिकूलताको सामना गर्नुपर्नेछ। शारीरिक र मानसिक रुपले अस्वस्थ अनुभव गर्नुहुनेछ। अनावश्यक खर्च हुन सक्ला। लगानी गर्नुभन्दा पहिला सोच्नुहोला। आध्यात्मिकता प्रति रुचि अधिक रहनेछ। लोभ लालचमा नफस्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)तपाईको दिन आनन्दमय रहनेछ। व्यापारमा आय वृद्धि होला। परिवारसँग र मित्रसँग आनन्दमय वातावरण रहनेछ। नयाँ सम्पर्क एवम परिचय,व्यापारको क्षेत्रमा लाभदायक रहनेछ। पुरै दिन मनमा उल्लास र प्रसन्नता रहनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)शारीरिक र मानसिक रुपले दिनभर प्रसन्नता छाईरहनेछ। व्यवसायिक क्षेत्रमा कार्यको प्रशंसा हुनाले कार्य प्रति उत्साह बढ्नेछ। सहकर्मीको सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनु हुनेछ। व्यवसायमा पदोन्नति होला। सरकारी क्षेत्रको कार्य सरलतापूर्वक सम्पन्न हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)तपाईको भाग्य वृद्धि होला। विदेशबाट शुभ समाचार प्राप्त हुनेछ। छोटो यात्रा वा कुनै धार्मिक यात्राबाट मनमा सन्नटा वृद्धि हुनेछ। शारीरिक रुपले स्वस्थ रहनुहुनेछ। मानसिक रुपले प्रसन्न अनुभव गर्नुहुनेछ। मित्र र परिवारसँग दिन आनन्दका साथ बित्नेछ। व्यावसायिक क्षेत्रमा लाभ प्राप्त हुनेछ। आकस्मिक धनप्राप्तिको योग रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)स्वास्थ्य प्रति अधिक ध्यान दिनुहुनेछ। स्वास्थ्यमा पैसा खर्च हुन सक्छ। वैचारिक स्तरमा नकारात्मकता छाईरहनेछ। आध्यात्मिकता प्रति रुचि, ध्यान तथा जपले उचित मार्गमा लिएर जानेछ। जसकारण मानसिक अस्वस्थता कम हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)तपाईको लागि शुभ दिन रहेको छ। प्रसिद्दि प्राप्त हुँदा सरलता अनुभव होला। व्यापारको क्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनाले सकारात्मकता बढ्नेछ। वस्त्राभूषण खरिद गर्दा मन आनन्दित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)तपाईको स्वास्थ्य स्वस्थ रहनेछ। व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ। सहकर्मीको सहयोग मिल्नेछ। परिवारसँग समय आनन्दपू्र्वक बिताउनु हुनेछ। बोलीमा विशेष ध्यान राख्नुहोला। अधिक खर्च हुन सक्ला। कार्यमा सफलता प्राप्त हुनेछ र प्रसिद्दि पनि प्राप्त होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)वाद-विवादमा नफस्नुहोला। सन्तानको विषयमा चिन्ता रहनेछ। विधार्थीको अभ्यासमा सफलता प्राप्त हुँदा उनीहरुको उत्साह वृद्धि हुनेछ। सकेसम्म यात्रा वा घुमफिर नगर्नुहोला। भविष्यको लागि आर्थिक योजना बनाउन अनुकुल समय रहेको छ। परिश्रम अनुसार सफलता प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)मानसिक रुपले उत्साहको अभाव रहनेछ। जसकारण मनमा अशान्ति छाउनेछ। पारिवारिक वातावरण झगडामय रहला। स्थावर सम्पत्तिमा हस्ताक्षर नगर्नुहोला। मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)मित्र र परिवारसँग दिन आनन्दपूर्वक समाप्त हुनेछ। कुनै पर्यटन स्थलमा घुमफिर हुनेछ। व्यवसायिक व्यक्तिको लागि अनुकुल समय रहेको छ। प्रतिस्पर्धी पराजित हुनेछन्। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। आर्थिक लाभ होला। नयाँ कार्यको शुभारम्भ गर्नुहुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)मानसिक रुपले दुविधा अनुभव हुनेछ। कसैसँग निश्चित निर्णय लिन कष्ट हुनेछ। निरर्थक खर्चबाट बच्नुहोला। बोलीमा विशेष ध्यान राख्नुहोला। विधार्थीको अभ्यासको समयमा मनको एकाग्रतामा अधिक जोड दिनुपर्ने हुन्छ। कार्य सफलता प्राप्त हुन ढिलाई होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुनेछ। उत्साहपूर्ण वातावरण हुनाले नयाँ कार्य प्रारम्भ गर्ने प्रेरणा मिल्नेछ। पारिवारिक वातावरण सुखमय रहला। मित्र र परिवारसँग घुमफिर होला। धनप्राप्ति हुने योग रहेको छ। धार्मिक यात्रा अथवा धार्मिक कार्यको योग रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah