काठमाडौं, ३१ जेठ । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । उनको हाल वार्डमा अक्सिजनको ‘सपोर्ट’ मा उपचार थालिएको अस्पतालले जनाएको छ ।
खनालको अवस्था हाल सामान्य रहेको र उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जानकारी दिएको छ ।
उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।
नेता खनाललाई नौं दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या पनि देखिएपछि आज (सोमबार) बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।



