मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत र उनकी दिदी रंगोली बम्बे उच्च अदालत पुगेका छन् । कंगनाको पासपोर्ट नवीकरण गर्न विभागका अधिकारीहरुले नमानेपछि उनीहरु अदालत पुगेका हुन् ।

अधिकारीहरुलाई पासपोर्ट नवीकरण गर्न निर्देशन दिन माग गर्दै उनले निवेदन दिएकी हुन् । कंगनाको पासपोर्टको म्याद आउँदो सेप्टेम्बर १५ मा सकिने भएपछि उनले नवीकरणका लागि आवेदन दिएकी थिइन् । तर, बान्द्रामा उनीविरुद्ध एफआईआर दर्ता भएको भन्दै नवीकरण नगरिएको जनाइएको छ ।

 

कंगना आफ्नो नयाँ चलचित्र ‘धाकड’को छायांकनका लागि यही जुन १५ देखि अगस्ट ३० सम्म हंगेरी जानुपर्ने पनि निवेदनमा उल्लेख गरिएको छ ।

कंगना र उनकी दिदी रंगोलीविरुद्ध गत वर्ष कास्टिङ निर्देशक मुनावर अली सयुयदले एफआईआर दर्ता गराएका थिए । रनौत दिदी–बहिनीविरुद्ध दण्डनीय अपराधको लागि एफआईआर दर्ता गरिएको थियो । बलिउड हंगामाबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah