मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन आनन्दमय रहला। आर्थिक योजना सफल हुनेछ। व्यवसायिक क्षेत्रमा केहि काम गर्न सक्नुहुन्छ। अधिक मान्छेसँग सम्पर्क रहनेछ । बौद्धिक कार्य गर्न रुचि बढ्नेछ। सेवा कार्यको लागि शुभ दिन छ। शारीरिक र मानसिक रुपले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वैचारिक स्तरमा विशालता र बोलिको मधुरताले अरु मान्छेलाई प्रभावित गर्न सक्नुहुन्छ। बैठक वा चर्चा-विचारणामा सफलता मिल्नेछ। परिश्रम गरे अनुसार फल नमिल्दा पनि त्यस क्षेत्रमा अगाडी बढ्न सक्नुहुन्छ। पाचन सम्बन्धि समस्या हुन सक्ला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको मन अनिर्णायक स्थितिमा रहनेछ। अधिक भावुकताले अस्वस्थ बनाउनेछ। आमा प्रति अधिक भावनात्मक रहनुहुन्छ। बौद्धिक चर्चाको प्रसंग उपस्थित हुनेछ। परिवार र सम्पत्तिको विषयमा चर्चा नगर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाईबाट लाभ प्राप्त होला। मित्रसँग भएको भेट र आफन्तको आगमनले हर्षित रहनुहुन्छ। हरेक कार्यमा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त होला। सामाजिक वा आर्थिक रूपले सम्मान प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विभिन्न योजनाको विषयमा धेरै सोच्दा दुविधा खडा होला। तरपनि पारिवारिक वातावरण राम्रो भएको कारण प्रसन्न रहनु हुनेछ। टाढा स्थित आफन्त तथा संस्थासँग दृढ सम्बन्ध रहला। अत्यधिक खर्च हुन सक्छ। निर्धारित कार्यमा सोचे अनुसार सफलता प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन राम्रोसँग बित्नेछ। शारीरिक एवम् मानसिक रूपले स्वस्थ र प्रसन्न रहनुहुन्छ। तपाईमा भगवानको कृपा रहनेछ। मित्र र आफन्तसँग आनन्ददायी भेट हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफ्नो रिसप्रति ध्यान राख्नुहोला। वाद-विवादबाट टाढा नै रहनुहोला । परिवारसँग कुनै पनि कुरामा मनमुटाव हुन सक्छ। स्वास्थ्यमा समस्या होला। विशेषगरी आँखामा पीडा होला। अकस्मातबाट बच्नुहोला। अदालती काममा सावधानी अपनाउनु होला। आध्यात्मिकता र ईश्वरभक्तिले मनलाई शान्ति प्रदान गर्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि दिन लाभदायक र शुभ साबित हुनेछ । सांसारिक सुख प्राप्त होला। विवाह गर्न उत्सुक व्यक्तिको लागि विवाहको योग छ । व्यावसायिक क्षेत्रमा विशेष लाभ होला। तपाईको कामबाट उच्च पदाधिकारी प्रसन्न रहनुहुन्छ। मित्रसँग भेट हुनुको साथै रमणीय स्थलमा घुम्न जानुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको लागि दिन शुभ छ। तपाई आर्थिक मामिलामा उचित योजना बनाउन सक्नुहुनेछ। अरुलाई सहयोग गर्ने कोसिस गर्नुहुन्छ। हरेक काम सफलतापूर्वक सम्पन्न हुन सक्नेछ। व्यापार-विषयक योजना बन्नेछन् । व्यापारिक दृष्टिले बाहिर जान सक्नुहुन्छ। उच्च पदाधिकारीबाट लाभ होला। पदोन्नतिको योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन मध्यम फलदायी रहला। बौद्धिक कार्य गर्नको लागि शुभ दिन छ। लेखनकार्य वा साहित्यसँग सम्बन्धित कुनै पनि प्रवृत्ति राम्रोसँग निभाउन सक्नुहुन्छ। सरकारी कार्यमा प्रतिकुल परिस्थिति महसूस हुनेछ। शरीरमा थकान र मानसिक हालत पनि ठीक रहनेछैन।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईले निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुपर्ने हुन्छ। तपाईलाई अनावश्यक विचारले सताउनेछ। परिणाम स्वरुप मानसिक थकान अनुभव होला। कुनै पनि प्रकारको अनैतिक कृत्यबाट टाढा रहनुहोला। ध्यान र आध्यात्मिकताले मनलाई शान्ति प्रदान गर्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन मनोरंजन र आनन्दमा बित्नेछ। कलाकार तथा लेखकले आफ्नो प्रतिभा प्रकट गर्ने अवसर प्राप्त गर्नेछन्। व्यवसायमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आफन्त र मित्रसँग भ्रमणको आनन्द लिन सक्नुहुन्छ। दाम्पत्यजीवनमा निकटता र मधुरता आउनेछ। बिगुल न्यूज बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah