दमक/ झापाको दमकमा ८३ जनाको कोरोना परिक्षणमा ३२ जनाको रिर्पोट पोजेटिभ आएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार ८३ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाईएकोमा ३२ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
जिल्लामा अन्यत्र कोरोना संक्रमणदर घटेपनि दमकमा पनि कम हुन सकेको छैन । परिक्षण गरिएकामध्ये ३० देखि ४० प्रतिशत वा त्यो भन्दा बढि कोरोना संक्रमित रहने गरेकाछन् । दमकमा कोरोना संक्रमणदर घटाउन चुनौती भएको देखिन्छ ।



