बलिउडका स्टार अभिनेत्री माधुरी दीक्षित, ऐश्वर्या राय, शिल्पा सेट्टी, करिना कपुर, सुस्मीता सेन, लगायतका अभिनेत्रीहरु आफ्नो सुन्दरताका कारण चर्चामा छन्।
उनहरुले पर्दामा थुप्रै पटक उत्कृष्ट प्रस्तुति मात्रै दिएका छैनन् व्यक्तिगत जीवनमा सफल आमाको भूमिका समेत निर्वाह गरेका छन्। उनीहरुको सफलताले आमा बनेपछि थप उचाइ प्राप्त गरेको छ।
यीनै बलिउडका निकै सुन्दर आमाहरु बलिउडका ‘हट मम्मी’ भनेर समेत चिनिन्छन् ।
मलाइका अरोडा

मलाइका पनि एक छोरा अरहानकी आमा हुन्। ४५ वर्षीया मलाइकाले केही समय अगाडि पति अरवाज खानसँगको स’म्बन्ध तो’डेकी छन्। पतिसँग छुटेपछि छोराप्रतिको आफ्नो भूमिका उनले इमान्दारिता पुर्वक निर्वाह गरेकी छन्। शारीरिक तन्दुरुस्ती र सोनदर्य दुबैमा ध्यान दिन मलाईका यो उमेरसम्म पनि सुन्दरी छन्।
ऐश्वर्या राय

बलिउडकी सुन्दर अभिनेत्री एश्वर्या राय एक छोरीकी आमा हुन्। आराध्य बच्चनकी आमा बनेपछि उनी फेरि बलिउडमा कमब्याक भएकी छन्। आमा बनेपछि पनि उनको सौन्दर्यमा कुनै कमी आएको छैन। उनी पहिलेजस्तै फिट बनेकी छन्।
करिना कपुर

२०१२ मा अभिनेता सैफअली आनसँग विवाह गरेकी करिनाले २०१६ मा एक छोराको जन्म दिएकी हुन् । उनको छोराको नाम तैमुर हो। तैमुरलाई लिएर सामाजिक सञ्जाल र भारतीय सञ्चार माध्यममा निकै चर्चा हुने गरेको छ। भने उनले फेरि अर्को सन्ताको पनि जन्म दिएकी छन । आमा बनेपछि पनि करिनाले आफ्नो शरीर फिट राखेकी छन् र उनी अहिले पनि टप अभिनेत्रीमध्ये एक छिन्।
सुस्मिता सेन
सुस्मिता अविवाहित भए पनि दुई धर्मपुत्रीकी आमा हुन। दुई छोरीको ख्याल राख्दै उनले आफ्नो सौन्दर्य कायमै राखेकी छन्। भने १५ बर्ष कान्छा प्रेमीका कारण उनको चर्चा चलिरहन्छ ।
माधरी दीक्षित
माधुरीले विवाहपछि फिल्मी क्षेत्र छाडेर अमेरिका गएर बसिन्। दुई छोराकलाई जन् दिएपछि पुनः बलिउड कमब्याक गरेकी उनी अहिले पनि उस्तै सुन्दर र चर्चामा छिन्।
शिल्पा सेट्टी

केही समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहेकी अभिनेत्री शिल्पा अन्य प्रोजेक्टहरुमा ब्यस्त छिन्। टिभी रियालिटी शोमा निर्णयक लगायतका भूमिकामा रहेकी उनी आफ्नो शारीरिक तन्दुरुस्तीलाई निकै ध्यान दिन्छन्। यसका लागि उनी छोरा वियानका साथमा योगा गर्ने गरेर आफ्नो सुन्दरतालाई मिलाइरहेकी छन्।
करिश्मा कपुर
करिश्मा पनि दुई सन्तानकी आमा हुन्। दुवै बच्चासँग उनी एकदमै नजिक छन्। उनले सन्ताका साथसाथै आफ्नो सौन्दर्यको पनि ख्याल गरेकी छन्।



