काठमाडौ । केही दिन यता केही मिडियाहरुमा महमारीकै रुपमा फैलिन लागेको को रोनाको तेस्रो भेरियन्ट निकै संक्रामक भन्दै समाचार आएका छन् । अझ केही मिडियामा तेस्रो लहर बालबालिकाका लागि बढी खतरनाक भन्दै आएको समाचारले सबैको मनमा डर उत्पन्न गराएको छ ।

तर विज्ञहरुले त्यसमा कुनै सत्यता नभएको बताएका छन् । भारतको को भिड टास्क फोर्सका प्रमुख डा। भीके पोलले कोरोना भाइरसको डेल्टा प्लस भेरिएन्ट अहिलेसम्मकै संक्रामक भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन्।

बीबीसी हिन्दीसंग कुरा गर्दै उनले यसको कुनै प्रमाण नभएको बताएका हुन् । उनले सोमबार भनेका छन्, ‘अहिलेसम्म कुनै त्यस्तो प्रमाण एवं वैज्ञानिक तथ्य फेला परेको छैन, जसले डेल्टा भेरिएन्ट अहिलेसम्मै अत्यधिक तीव्र गतिमा फैलिने भेरिएन्ट हो भन्ने पुष्टि गरोस्।’

यसैगरी डेल्टा प्लस भेरिएन्टलाई खोपले पनि काम नगर्ने आशंकाको पनि कुनै ठोस प्रमाण नभएको उनको दाबी छ। डेल्टा प्लसबारे वैज्ञानिकको अनुसन्धान सुरुवाती चरणमै रहेकाले यसवारे अहिले नै यसै भन्न नसकिने उनको भनाई छ ।

यो भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भइसकेको छ। डा। पोलको सुझाव छ, ‘हामी अनुशासित (स्वास्थ्य सुरक्षाका मापदण्ड पालना) भयौं भने कुनै पनि महामारी नियन्त्रण गर्न सक्छौं।’ ईताजा खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah