झापा । कडाइका साथ निषेधाज्ञा लागू गर्दासमेत झापामा कोरोना संक्रमण दर घट्न नसकेको अबस्थामा निषेधाज्ञा खुकुलो भएसँगै अझ बढ्ने खतरा देखिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले असार १४ गतेदेखि निषेधाज्ञालाई अझ खुकुलो बनाएको छ । बजार पसल दिउँसो ३ बजेसम्म खुला गर्न दिइएकोे छ भने निजी सवारी साधन, सिटी रिक्सा र अटोलाई जोरबिजोर प्रणाली अनुसार संचालन गर्न दिइएको छ ।

झापामा कोरोना संक्रमणबाट बुधबार ५ जनाको मृत्यु भएको छ । त्यस्तै झापामा १७७ जनामा संक्रमण पुष्टि भएको छ । असार १ देखि असार १५ गतेसम्मको तथ्यांकलाई हेर्दा झापामा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको छ । १५ दिनको अवधिमा १ हजार ९६९ जनालाई संक्रमण देखिएको छ । देशभर कोरोना संक्रमणदर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार पाँच सय ६८ जनाको कोरोना परीक्षण गर्दा थप दुई हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले तीन हजार पाँच सय ५७ जना कोरोनामुक्त भएको पनि बताए ।
काठमाडौं उपत्यकामा थप पाँच सय ७२ जना संक्रमित व्यक्ति भेटिएका छन्। जसमा काठमाडौंमा चार सय ३६, ललितपुरमा एक सय ८९ र भक्तपुरमा ४७ जना रहेका छन् ।
प्रवक्ता पौडेलले केही दिनदेखि संक्रमणदर बढ्दै गएको बताए। उनले भने, ‘पहिलाभन्दा अहिले संक्रमणदर बढेको पाइएको छ, अहिले चार जनामा कोरोना परीक्षण गर्दा १ जना भेटिने गरेका छन्,संक्रमणदर २६।३ प्रतिशत पुगेको छ ।’ निषेधाज्ञा खुकुलो भएकाले सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न उनले अनुरोध गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah