मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन धार्मिक वा आध्यात्मिक प्रवृत्ति विशेष रहनेछ। मनमा दुविधा रहनाले ठोस निर्णय लिन सक्नुहुनेछैन। पैसाको लेनदेन वा आर्थिक व्यवहार नगरेको नै उत्तम साबित हुनेछ। शारीरिक र मानसिक बेचैनी अनुभव होला। धार्मिक कार्यमा खर्च हुन सक्ला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको व्यापारमा वृद्दि हुनुको साथसाथै व्यापारको सम्झौतामा लाभदायक साबित हुनेछ। आयको साधन वृद्दि हुनेछ। वृद्द तथा मित्रबाट लाभ प्राप्त गर्नुहुन्छ। वैवाहिक योग छ। सन्तानको शुभ समाचार प्राप्त गर्नुहुन्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाई शारीरिक र मानसिक रुपले सुख रहनुहुन्छ। पेसा- व्यवसायमा परिश्रम अनुसार फल प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। कुटुम्बिक माहोल आनन्दमय रहनेछ। सरकारी कार्य पूर्ण हुँदा सरलता अनुभव हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाग्य वृद्धिको साथ आकस्मिक धन लाभ हुनेछ। विदेश जान ईच्छुकलाई विदेशबाट खबर प्राप्त हुनेछ। धार्मिक काम वा यात्रामा खर्च हुनेछ। पारिवारिक सदस्य र पदाधिकारीसँग सुखमय दिन बिताउनु हुन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईले स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ। खराब स्वास्थ्यको कारण खर्च होला। निषेधात्मक विचारले तपाईलाई गलत मार्गमा नलगोस् यस कुराको ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग मनमुटाव होला। अनैतिक काममा बदनाम हुने योग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

घरायसी जीवनको सुख क्षण अनुभव गर्नुहुन्छ। सामाजिक र सार्वजनिक क्षेत्रमा ख्याति र प्रतिष्ठा प्राप्त गर्नुहुन्छ। मनोरंजनको प्रवृत्तिमा भाग लिनुहुनेछ। विपरीत लिंगीय व्यक्तिसँग परिचय प्रणयमा परिवर्तित हुनेछ। धन लाभको योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामान्य रूपले स्वस्थ्य रहनुहुन्छ र बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। घरमा सुख-शान्तिको वातावरणमा समय बिताउनु हुनेछ। कार्यमा सफलता र प्रसिद्दि मिल्नाले उत्साह बढ्नेछ। पेसामा लाभदायक समाचार मिल्नेछ। स्त्री मित्रसँग भेट हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यात्राको आयोजन नगर्नुहोला। स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनुहुन्छ। सन्तानको सम्बन्धमा समस्या खडा हुनेछ। स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। यधपी वित्तीय आयोजनको लागि समय राम्रो छ। बौद्धिक चर्चा वा वाद-विवादमा भाग लिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अत्यधिक संवेदनशीलताको कारण र घरेलु मामिलालाई लिएर मानसिक तनाव खडा होला। मनमा उठेको दुविधाले मानसिक उचाट अनुभव गर्नुहुन्छ। स्वास्थ्यको सम्बन्धमा दिन राम्रो रहनेछैन। आमाको स्वास्थ्यको ध्यान राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाई रणनीतिमा शत्रुलाई परास्त गर्नुहुनेछ। नयाँ कामको आरम्भको लागि तयार रहनुहोला। तपाई हरेक कार्य तन-मनबाट स्वस्थ रहेर गर्नुहुनेछ। व्यापार-धन्दामा लाभ हुनेछ। शेयरमा लगाएको पैसाबाट लाभ मिल्नेछ। मित्र , आफन्त तथा भाई-बहिनीसँग मेलमिलाप हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनमा दुविधा हुनाले कुनै पनि ठोस निर्णय निकाल्न सक्नुहुनेछ। महत्त्वपूर्ण निर्णयमा ध्यान नरहनाले पारिवारिक सदस्यसँग मनमुटाव होला। धार्मिक कार्यमा खर्च होला। स्वास्थ्य खराब होला। विधार्थीको लागि मध्यम समय रहेको छ। नकारात्मक विचारलाई टाढा गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आनन्द- उत्साह र तन-मनको प्रसन्नताले चेतना र उर्जा संचार गर्नुहुनेछ। नयाँ कामको हातमा लिनुहुनेछ। धार्मिक मांगलिक प्रसंगमा जानुहुन्छ। मनमा कुनै निर्णय लिँदा दुविधा अनुभव गर्नुहुन्छ। परिवारसँग मिष्टान्न भोजनको स्वाद लिनुहुनेछ। घरायसी जीवन आनन्दमय रहला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah