३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडको धर्मपथस्थित भूगोलपार्कमा लिफ्ट सिस्टमको बहुतले पार्किङ निर्माण गर्ने भएको छ । न्युरोडमा बन्ने बहुतले पार्किङको निर्माणको लागि सम्भाव्यता अध्धयन गर्न एक कम्पनीलाई जिम्मा दिने तयारी महानगरको छ ।

लैनचौर र न्युरोडमा निर्माण हुने भूमीगत पार्किङको डिजाइन र सम्भाव्यता अध्ययन सकाएपछि महानगरले न्युरोडमा पनि निर्माण हुने बहुतले पार्किङको निर्माणका लागि प्रत्रिया थालेको हो ।

झण्डै २५ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको यो पार्किङ भवनको निर्माण गर्न स्टील फिक्सिङ वा आरसीसी मध्ये एक गर्ने योजना छ । तर, सम्भाव्यता अध्ययनले नै कस्तो प्रविधिमा निर्माण गर्ने भनेर टुंग्याउने महानगरका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

न्युरोडमा किनमेलका जानेहरुले पार्किङ स्थल नहुँदा धेरै समस्या भोग्ने गरेका छन् । त्यसैले सार्वजनिक निजी साझेदारी अवधारणा पार्किङ निर्माण गरेर २५ वर्षसम्म निर्माता कम्पनीलाई सञ्चालन अनुमति दिने अवधारणा बनाइएको छ । त्यसपछि भने महानगरपालिकाले स्वामित्व लिएर आफैंले सञ्चालन गर्ने योजना बनेको छ ।

बहुतले पार्किङ बनेपछि न्युरोडमा पार्किङ व्यवस्थापनका लागि रहेको समस्यामा निकै सहयोग पुग्ने छ । भूगोल पार्कमा बनाइने पार्किङ बहुतलामा हुनेछ । लिफ्ट सिस्टम जोडिने यो पार्किङमा लिफ्टमा पार्किङ फ्लोर फिक्स गरिन्छ । एकतलामा पार्किङ गरिएपछि त्यसलाई लिफ्टले माथिल्लो तलामा आफैं लैजान्छ । त्यसपछि अर्को फ्लोर लिफ्टको लागि तयार हुन्छ ।

यसरी डेढ रोपनीमा बन्ने पार्किङ भवनमा विभिन्न तलामा गरेर झण्डै ठूलो संख्यामा गाडी पार्किङ गर्न सकिने छ । स्वचालित पद्धतिको लिफ्ट सिस्टमसहितको यो पार्किङ निकै उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah