मेष– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवम आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा मित्रको सहयोग राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग सहयोगको वातावरण बन्नेछ । मान सम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवम आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्न सक्नेछ ।

वृष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुने सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवम मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवम आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवम धन सम्पत्तिको वृद्धि हुने तथा लगानीमा राम्रो प्रतिफल आउनेछ ।

मिथुन– व्यवसायमा बाधा आउनेछ । आर्थिक कारोबार मा समस्या हुनाले पुरानो व्यवहारमा तनाव हुनेछ । । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवम यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवम आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक साहायताको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना शुरू हुनेछ ।

कर्कट– व्यवसायमा सामान्य आम्दानीहुनेछ । सामाजिक एवम धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । लगानीमा सामान्य फाइदा हुनाले आर्थिक भार कमहुनेछ । काममा चिन्ता मिल्ने तथा कृषि व्यवसायमा भने आम्दानी हुनेछ । आफन्त भेटघाट एवम यात्रामा तनाव मिल्नेछ । पारिवारिक सहयोग मिल्नाले पुराना कामहरू बन्नेछन् । प्रेममा प्रगती एवम वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ती हुनेछ । साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवम यात्रामा सामान्य झन्झट हुन सक्नेछ

सिंह– धार्मिक काममा खर्च हुनेछ । मित्रको सुख मिल्ने एवम पारिवारिक भेटघाट रहनेछ । सन्तानको सुख मिल्ने एवम वैदेशिक सहायता आउनेछ । विदेशबाट धन एवम आफन्तजनको सहयोगमा कामको योजना बन्नेछ । खानपिन एवम सुख सयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।

कन्या– साताको सुरूमा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिला सुस्ती एवम आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पुरा हुने एवम सामाजिक खर्च हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय सुख मिल्ने एवम काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवम सञ्चित धन खर्च हुने देखिन्छ । मानसिक तनाव बढ्नाले काममा वाधा हुनेछ ।

तुला– साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघा हुनेछ । खानपीनको कारणले स्वास्थ्यमा बाधा एवम पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेलाआउन सक्ने तथा झुटो आरोपको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवम व्यक्तिगत खर्च बढ्नेछ ।

वृश्चिक– साताको सुरूमा व्यवसायिक काममा रूचि बढ्नेछ । जिम्मेवारी थपिने एवम ठुलाबडाको साथ भने मिल्नेछ । व्यापार व्यवसायमा बाधा हुने तथा सम्पत्तीको चिन्ताे हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवम वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुने तथा व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवम आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनु पर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।

धनु– अध्ययन एवम कला, संगीतमा रूचि जानेछ । धार्मिक एवम आध्यात्मि क्षेत्रमा संलग्नता बढ्ने तथा व्यापार व्यावसायमा भने केही आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवम घरायसी विवाद भने बढ्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवम सरकारी जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ । सन्चितधनको खर्च बढ्नाले तनाव थपिने छ ।

मकर– चिसोले सताउनेछ । पारिवारिक चिन्ताले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिला वर्गसँग दुश्मनी बढ्ने एवम घरायसी झैँझगडा हुन सक्नेछ । साताको मध्यमा भने सवारी सुख मिल्ने एवम भोगविलासमा खर्च बढ्नेछ । साथीभाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रूचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।

कुम्भ– उत्साह, उमंग बढ्नेछ । छोटो यात्राको अवसर मिल्ने एवम दाजुभाइको सहयोगले सामुहिक काम बन्नेछ । दिदीबहिनी एवम बन्धुहरूबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवम आर्थिक रूपमा समस्या पर्ने तथा पारिवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा भने धनसम्पत्ति प्राप्ति हुने एवम जग्गा जमिनको कारोबारमा सुख मिल्नेछ । कृषि तथा पशु चौपायाबाट सामान्य आम्दानी हुनेछ ।

मीन– मीठो बचनको प्रयोगले सम्बन्ध राम्रो बन्नेछ । धनसम्पत्तिको कारोबारमा वृद्धि हुने, नयाँ काममा एवम स्वस्थ्यमा खर्च बढ्ने योग देखिन्छ । मिठो भोजनको सुख मिल्ने एवम परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमाभने हिँडडुलले स्वास्थ्यमा समस्यादिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवम व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।

ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah