भारतको तमिलनाडुमा कोयम्बटुर सहित ११ जिल्लामा कोरोना लकडाउनका कारण रक्सी पसलहरू दुई महिनासम्म बन्द रहेकोमा अहिले खुलेका छन् ।
मदिरा पसल खुलेपछि मानिसहरू पसलबाहिर पुगेर खुशियाली मनाउन थालेका छन् । नाच्दै गाउँदै ती मानिसहरूले नरिवल फुटाए अनि पटका पनि पड्काए । कुनै उत्सव झैं गरी उनीहरूले खुशियाली मनाएका हुन् ।
रक्सी पसल खोल्ने सरकारको निर्णयलाई विपक्षी दलहरूले कडा विरोध गरेका छन् । तर राज्य सरकारले सामाजिक दूरी नियमलाई कठोरतापूर्वक पालन गरिने भनी स्पष्टीकरण दिएको छ ।
मास्क नलगाइकन आउने जोकोहीलाई पनि रक्सी नदिन उर्दी जारी गरिएको छ ।
नक्कली रक्सीको कारोबार बढेकाले त्यसलाई निरुत्साहन गर्न मदिरा पसल खोल्न दिएको भनी सरकारले तर्क गरेको छ ।



