अमेरिकाले कोरोनाभाइरसविरुद्धको १५ लाख ३४ हजार डोज खोप नेपाल पठाउन लागेको छ। जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप आजै अमेरिकाबाट नेपालतर्फ पठाइने तयारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार, अमेरिकाले पठाएको खोप सोमबार (२८ असारमा) बिहान ९ बजे काठमाडौं आइपुग्नेछ। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ खोप लिन जाने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पनि खोप हस्तान्तरण कार्यक्रम आयोजना हुनेछ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा खोप हस्तान्तरण गर्ने स्रोतले बताएको छ।

अमेरिकाले पठाउन लागेको खोप एक डोज मात्रै लगाए पुग्ने विज्ञहरूले जनाएका छन्। यो खोपले थप १५ लाख ३८ हजार जनालाई कोरोनाभाइरसको महामारीबाट सुरक्षित बनाउनेछ।

अमेरिकाले कोभ्यास सुविधा मार्फत नेपालमा खोप पठाउन लागेको हो। नेपालसँगै भुटानमा पनि शुक्रबार नै पाँच लाख डोज खोप पठाउन लागेको रोयटर्सले उल्लेख गरेको छ।

उत्तरी छिमेकी चीनले नेपाललाई १८ लाख डोज खोप अनुदान र ४० लाख डोज खोप बिक्री गरे लगत्तै अमेरिकाले पनि खोप पठाउन लागेको हो।

रोयटर्सले चीनले खोप कूटनीति मार्फत एसियामा गरिरहेको प्रभाव विस्तारलाई टक्कर दिन अमेरिकाले पनि खोप कूटनीति अघि सारेको उल्लेख गरेको छ। अमेरिकाले गत साता दक्षिण एसियाका बाङ्लादेश, पाकिस्तान, मलेसिया र इन्डोनेसियामा खोप पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah