मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

घरमा साथीहरू तथा आफन्तहरूको आगमनले खुशीको वातावरण हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको आनन्द मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य मध्यम रहनेछ। खर्चको चिन्ताको कारण व्याकुल हुनसक्छ। वाणीमा संयम राख्नुहोला। खानपानमा विशेष ध्यान राख्नुहोला। कार्यक्षेत्रमा महिला सहकर्मीहरूबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक हिसाबले दिन मध्यम रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

उच्च मनोबल तथा आत्मविश्वासका साथ प्रत्येक कार्य सफलतापूर्वक पूरा हुनेछ। व्यापारको क्षेत्रमा तपाईंको प्रतिभा बढ्न सक्छ। पदोन्नतीको योग रहेको छ। बुबाको सम्पत्तिबाट लाभ मिल्नेछ। कला र खेल क्षेत्रमा सफलता मिल्नेछ। भूमि जग्गा सम्बन्धि कामका लागि समय अनुकूल रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यवसायमा लाभ हुनेछ र आयको स्रोत बढ्नेछन्। साथीहरूसँगको भेटले आनन्द महशुस हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। रमणीय यात्राको योग बन्ने देखिन्छ। पत्नी वा छोराबाट लाभ मिल्नसक्छ। आर्थिक लाभ प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्य चिन्ताको विषय रहला। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको असन्तुष्टिको सामना गर्नुपर्नेछ। सन्तानसँग मतभेद हुने सम्भावना छ। बच्चाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक, आर्थिक र पारिवारिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। समाजमा प्रतिष्ठा बढ्नेछ। साथीहरुबाट लाभ हुनेछ र उनीहरुको लागि खर्च पनि हुनेछ। रमणीय यात्राको आयोजना हुनेछ। वैवाहिक जीवनमा सुमधुरता आउनेछ। यदि तपाई जीवन साथीको खोजी गर्दै हुनुहुन्छ भने दिन शुभ छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिवारमा खुशीयाली र रमणीय वातावरण हुनेछ। कार्यक्षेत्रमा लाभ मिल्नेछ। उच्च अधिकारीहरूले तपाईंको कार्यको प्रशंसा गर्नेछन्। महिला साथीहरुबाट विशेष लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार मिल्नसक्छ। आयमा वृद्धि हुने सम्भावना छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

क्रोध र निराशाको भावना तपाईंको दिमागमा हावी हुनेछ। शारीरिक स्वास्थ्य बिग्रन सक्छ। परिवारमा नकारार्त्मक वातावरण रहनाले मन चिन्तित रहन सक्छ। तपाईंको उग्र वाणीको कारण कसैसँग मनमुटाव वा झै-झगडा हुनसक्छ। तपाईंको मिहेनत व्यर्थ हुनसक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानसिक रूपले तपाईं अस्वस्थ रहनुहुनेछ। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ। यस दिन आयोजित प्रत्येक कार्य राम्रोसँग सम्पन्न हुनेछ। महिलाको सौन्दर्य प्रसाधनका लागि खर्च हुनेछ। जग्गा, घर, सवारी साधन आदिको कार्यमा विशेष ध्यान दिनुहोस्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

रोजगार तथा व्यवसाय क्षेत्रमा उच्च अधिकारीहरूको प्रोत्साहनले तपाईंको उत्साह बढ्नेछ। पदोन्नतिको योग रहेको छ। आमा र परिवारका अन्य सदस्यहरूसँग निकटता बढ्नेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी काममा अनुकूलता रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना देखिन्छ। वैचारिक दृढता र मानसिक स्थिरताका कारण सरलताका साथ कार्य सम्पन्न हुनेछ। जीवनसाथीको पूर्ण समर्थन प्राप्त हुनेछ। रमणीय यात्राको योग बन्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक शान्तिको वातावरणले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। निर्धारित कार्यमा सफलता पाउनुहुनेछ। माइती पक्षबाट लाभ मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। बिरामीहरूको स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट लाभ मिल्ने सम्भावना देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah