काठमाडौं, २३ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ काे उपाधि किरण गजमेरले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रशारित भ्वाइस अफ नेपाल सिजन–३ को शनिबार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई पछि पार्दे किरणले उपाधि जितेका हुन् ।

भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन्। टिम प्रमोदबाट फाइनल पुगेका किरण गजमेर अमेरिकामा बस्दै आएका छन्। उनी भ्वाइसमा सहभागी हुनकै लागि नेपाल आएका थिए। उनले सिक्किमका रवि गहतराजलाई उछिन्दै उपाधि भिडन्त पक्का गरेका थिए।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन । उनले काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो ।
दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै दार्जिलिङका आर्यन अन्तिम चारमा पुगेका थिए। भ्वाइसमा ‘कान्छा छोरा’ का रुपमा परिचित आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारेका थिए।

टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै भाेजपुरका ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो बिजेता छनोट गरिएको हो ।

सिजन-१ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन-२ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah