मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आर्थिक र व्यावसायिक रूपले दिन लाभदायक छ। आर्थिक लाभ मिल्नेछ। लामो समयको आयोजन सम्पन्न हुनेछ। शरीर र मन स्वस्थ रहनेछ। मित्र र पारिवारिक सदस्यसँग आनन्दमा दिन बिताउनुहुनेछ। अधिक मान्छेसँग सम्पर्कमा रहनुहुन्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

विचारको विशालता र बोलीको मधुरताले अन्य मान्छेलाई प्रभावित गर्न सक्नुहुन्छ। बौद्दिक चर्चा वा वाद-विवादमा सफलता मिल्नेछ। विधार्थीको लागि शुभ समय छ। पाचनतन्त्रको समस्याले स्वास्थ्य खराब हुन सक्ला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

महत्त्वपूर्ण निर्णय लिँदा दुविधा अनुभव होला। आमा र स्त्रीको मामिलामा अधिक संवेदनशिल बन्नुहुनेछ। विचारको भरमारले मानसिक थकान अनुभव होला। अनिन्द्राको कारण शारीरिक स्वास्थ्य अस्वस्थ रहला। पानी वा अन्य तरल पदार्थ भयानक साबित हुन सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कार्य सफलता र नयाँ कामको शुभारम्भको लागि दिन राम्रो छ। मित्र तथा आफन्तसँग भेट हुँदा खुशी महसुस होला। छोटो यात्रा हुने योग छ। आर्थिक लाभ तथा समाजमा आदर सम्मान मिल्नेछ। कसैसँग प्रेमको बन्धनमा बाधिनुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

टाढा स्थित आफन्त तथा मित्रसँग सन्देश व्यवहारले लाभ मिल्नेछ। परिवारमा सुख-शान्ति बनिरहनेछ। उत्तम भोजन प्राप्त होला। निर्धारित काममा सफलता मिल्नेछ। स्त्री मित्र सहयोगी साबित हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

वैचारिक समृद्धि र बोलीको मोहकताले लाभ हुनेछ। व्यवसायिक दृष्टिले दिन लाभदायक छ। आफन्तसँग भेट र सुख-आनन्द प्राप्त होला। स्वास्थ्य स्वस्थ रहला। धन लाभ तथा पर्यटनको योग छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बोली र व्यवहारमा विशेष ध्यान राख्नुहोला। अन्य व्यक्ति वा कुटुम्बसँग उग्र बोलचाल होला। आम्दानीभन्दा धेरै खर्च होला। दुविधा वा समस्याले मनलाई अशान्त राख्नेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुपर्ने हुन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

घरायसी जीवनमा सुख र सन्तोषको अनुभूति होला। श्रीमती तथा पुत्रको तर्फबाट शुभ खबर प्राप्त होला। मांगलिक कार्य हुनेछ। पेसामा शुभ अवसर प्राप्त हुँदा आय वृद्दि हुनेछ। वृद्दको सहयोगबाट प्रगति हुन सक्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

आर्थिक र व्यापारिक आयोजनको लागि शुभ दिन छ। तपाईको दिन आनन्द वा मनोरन्जनमा बित्नेछ। पेसा-व्यवसायमा पद्दोन्नति र मान-सम्मान प्राप्त होला। परोपकार भावना वृद्दि होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन मिश्रफलदायी साबित होला। बौद्दिक कार्य र व्यवसायमा नयाँ विचारधारा प्रयोगमा ल्याउनुहुनेछ। लेखन र साहित्य सम्बन्धित प्रवृत्तिमा सिर्जनात्म्कता देखिनेछ। मनको कुनै कुनमा अस्वस्थ अनुभव होला। सन्तानको स्वास्थ्यको विषयमा चिन्तित रहनुहुन्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

नकारात्मक विचारले मनमा निराशा उत्पन्न गर्नेछ। खर्च बढ्नुको साथै स्वास्थ्य खराब हुनेछ। बोलि र व्यवहारको कारण परिवारमा मनमुटाव र झगडा हुन सक्ला। भगवानको नाम स्मरण र आध्यात्मिक पठनले मानसिक शान्ति प्रदान गर्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको दिन सुख-शान्तिमा बित्नेछ। श्रीमान-श्रीमतीबीच दाम्पत्यजीवन निकट रहनेछ। सार्वजनिक जीवनमा प्रसिद्दि मिल्नेछ। उत्तम वैवाहिक सुख प्राप्त होला। मित्र वा आफन्तसँग भेट हुनेछ। प्रेमीसँग रोमान्स हुने दिन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah