केबि महरा/काठमाडौ: सदाबहार गायिका सपना कसेरा ‘खुमा’ को सुमधुर आवाजमा तीजको नौलो कोसेली ‘नेपालको साडिमै’ बोलको गित बजारमा आएको छ ।
दाङ्गको तुल्सिपुर उपमाहानगर पालिका भमकेसुनपुरमा जन्मिएकी गायिका सपनाले चार ओटा जति दोहोरी गित, दुई ओटा लोकगित तथा एउटा आधुनिक गितमा यस अघिनै आफ्नो आवाज रेकर्ड गराई सकेकी छिन् । यो तीज गित भने उनको पछिल्लो एल्बम हो ।
यस गितमा गायिका सपना केसरा,तथा गायक राकेश धामीको आवाज रहेको छ भने गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् ।
संगितकार कृष्ण बिकको संगितमा मालाश्री स्टुडियोले गितको बजार ब्यवस्थापन गरेको छ ।
गितको म्युजिक भिडियोमा संजिब ठकुरी ,एलिना पर्तेल,संदिप न्यौपाने,एलिसा पोखरेल ,नरेशवीर सिं तथा संचिता बोलाखेको दमदार नृत्य देख्न सकिन्छ । उक्त तिज गितको म्युजिक भिडियो यहाँ तल दिईएको छ ।



