मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

सुखमय दाम्पत्यजीवनका साथसाथै बाहिर घुमफिर हुने योग छ। आयात-निर्यातसँग सम्बन्धित व्यापार धन्दामा सफलता मिल्नेछ। हराएको वस्तु मिल्ने योग छ। प्रिय व्यक्तिसँग प्रेमको सुखद अनुभव प्राप्त गर्न सक्नुहुन्छ। वाद-विवादबाट टाढा रहनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिन शुभफलदायक साबित होला। निर्धारित कार्य सफलतापूर्वक पूरा हुनेछ। अधुरो कार्य पूरा हुनेछ। शारीरिक तथा मानसिक स्वस्थता बनिरहनेछ। आर्थिक लाभ होला। सहकर्मीको सहयोग मिल्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

सन्तान र जीवनसाथीको स्वास्थ्यको सम्बन्धमा चिन्ता हुनेछ। वाद-विवाद वा चर्चाको गहिराईमा नउत्रिनुहोला। आत्मसम्मानमा ठेस पुग्नेछ तथा स्त्री मित्रद्वारा खर्च वा नोक्सान होला। पेट सम्बन्धि बिरामीले समस्या होला। नयाँ कार्यको सुरुवात र छोटा यात्रा हुने योग छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

शारीरिक- मानसिक अस्वस्थता अनुभव होला। छातीमा पीडा वा कसैसँग झगडा हुँदा अशान्तिमय वातावरण रहला। सार्वजनिक रुपले मानहानि हुँदा दु:ख अनुभव गर्नुहुनेछ। समयमा भोजन मिल्नेछैन। अनिन्द्राको शिकार हुनुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

भाई-बहिनीसँग मिलेर घरमा कुनै आयोजन गर्नुहुनेछ। मित्र, आफन्तसँग यात्रा हुने योग छ। आर्थिक लाभ, प्रियजनसँग भेट हुँदा खुशी अनुभव होला। अचानक भाग्यवृद्दिको अवसर निर्माण होला। शान्त मनले नयाँ काम सुरु गर्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

परिवारमा आनन्दमय वातावरण रहला। बोलीको मधुरता र न्यायप्रति व्यवहारबाट लोकप्रियता प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक लाभ होला। विधार्थीको विद्याध्ययनको लागि अनुकुल समय छ। अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

कला बाहिर ल्याउने सुनौलो अवसर नगुमाउनु होला। तपाईको रचनात्मक र कलात्मक शक्ति अधिक निख्रिनेछ। शारीरिक ,मानसिक स्वस्थता बनिरहनेछ। मनोरंजनको प्रवृत्तिमा साथी तथा परिवारसँग भाग लिनुहुनेछ। प्रिय व्यक्तिसँग भेट तथा कार्य सफलताको योग छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

मानसिक चिन्ता एवम शारीरिक कष्टको कारण समस्या रहनेछ। दुर्घटना एवम् शल्यचिकित्साबाट सम्हालेर रहनुहोला। कुराकानी गर्दा कसैसँग गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला। स्वभावमा केहि उग्रता रहनेछ। अदालती कार्यबाट सम्हालेर रहनुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

आर्थिक, सामाजिक र पारिवारिक दृष्टिले लाभदायी दिन छ। घरायसी जीवनको सम्पूर्ण आनन्द प्राप्त होला। प्रेमको सुखद अनुभूति होला। छोरा र श्रीमतीको तर्फबाट केहि लाभ मिल्नेछ। आय वृद्दि हुनुको साथै व्यापारमा लाभ मिल्ने योग छ। मित्रसँग रमणीय स्थलमा घुम्न जानुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन संघर्षमय रहला। व्यापारको कारण निराश रहनुहुन्छ। व्यापारको कारण यात्रा हुने योग छ। उच्च अधिकारी प्रसन्न रहनेछन्। सन्तानको पढाईको सम्बन्धमा सन्तोष अनुभव होला। धन,मान-सम्मान मिल्ने योग छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईको दिन मिश्र फलदायी रहला। कार्य गर्न उत्साह रहला। सन्तानको चिन्ताले सताउनेछ। घुमफिरमा खर्च हुने योग छ। अधिकारीबाट सम्हालेर रहनुहोला। प्रतिस्पर्धीसँग गहन चर्चामा नउत्रिनुहोला। विदेशबाट समाचार मिल्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको दिन मध्यम फलदायी होला। अधिक परिश्रमवाला कार्यलाई अहिलेको लागि टाल्नुहोला। मानसिक, शारीरिक परिश्रम अधिक हुनेछ। आकस्मिक धनलाभ हुने योग छ। स्वास्थ्यको विषय सम्हालिनुहोला। अधिक खर्च नहोस् यस कुराको ध्यान राख्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah