‘कुछ कुछ होता है’, ‘ब्ल्याक’, ‘बन्टी और बब्ली’, ‘युवा’, ‘मर्दानी’ ‘हिचकी’जस्ता चर्चित फिल्ममा अभिनय गरेकी रानी आज ४२ वर्ष पुगेकी छन्। उनले निर्देशक तथा निर्माता आदित्यसँग सन् २०१४ मा विवाह गरेकी हुन्।

उनी निजी जीवन बाँच्न रुचाउँछिन्। कामसँग सम्बन्धित घटनाहरू बाहेक उनी सामाजिक सञ्जालमा सक्रिय छिनन् । उनीजस्तै उनका श्रीमान आदित्य चोपडा पनि निजी जीवनमै हराइरहेका छन्।

यो जोडीको सन्तान सुर्खालाई पनि मिडियाको चमकधमकबाट टाढा राखिएको छ। आफ्नो निजी जीवन र श्रीमानबारे खासै सार्वजनिक अभिव्यक्ति नदिने अभिनेत्री रानीले आदित्यबारे खासै बोल्दिनन्।

तर आज आइतबार आफ्नो जन्मदिनको अवसरमा रानीले श्रीमान आदित्यसँगको प्रेम सम्बन्धबारे बोलेकी छन्। बलिउड हंगामाका अनुसार अर्को न्यूज पोर्टलमा कुरा गर्दै रानीले उनी किन आदित्यसँग प्रेममा परिन् भनेर बताएकी हुन्।

खबर अनुसार रानीलाई आदित्य निजी जीवन र परिवारलाई समय दिने व्यक्ति भएकोले मन पर्छ। लामो समयदेखि बलिउड उद्योगमा जोडिएको आधारमा रानी आफ्ना लागि निजी समय छुट्याउन एकदमै जरुरी भएको ठान्छिन्।

रानीका अनुसार उनी परिवारलाई महत्व दिने व्यक्ति हुन्। आफू कामबाट घर फर्केपछि परिवारलाई समय दिने क्रममा आदित्यसँग प्रेममा पर्नु स्वभाविक रहेको बताएकी छन्। दुवैले निजी समयलाई महत्व दिने र गोपनीयता जोगाउन मन पराउने भएकोले पनि आदित्यसँग सम्बन्ध विशेष बनेको उनको भनाइ छ।

रानीले करण जोहरजस्तो सामाजिक सञ्जालमा सक्रिय उपस्थिति भएको भए आदित्यलाई माया नगर्ने समेत बताएकी छन्।
रानीका अनुसार आदित्य स्टुडियोको काम सकाएर घर फर्कने बानीले गर्दा उनी खुसी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah