मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाई सांसारिक कुरालाई भुलेर आध्यात्मिक प्रवृत्तिमा संलग्न हुनुहुनेछ। गुध रहस्यमय विद्या र गहिरो चिन्तनशक्तिले मानसिक भारलाई हल्का गर्नेछ। आध्यात्मिक सिद्दि प्राप्त गर्नको लागि राम्रो योग छ। नयाँ कामको सुरुवात नगर्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईले जीवनसाथीको निकट सुख प्राप्त गर्न सक्नुहुन्छ। परिवारसँग सामाजिक समारोहमा बाहिर घुम्न वा पर्यटनमा जानुहुनेछ। तन-मनबाट प्रसन्न रहनुहुन्छ। सार्वजनिक जीवन आनन्दमय रहला। व्यापारीले व्यापारमा विकास गर्न सक्नेछन्। आकस्मिक धन-लाभ होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

अधुरो कार्य पूर्णताको लागि दिन शुभ छ। परिवारमा आनन्द र उल्लासको माहोल रहला। स्वास्थ्य स्वस्थ रहला। पैसा प्राप्त हुनेछ आवश्यक खर्च मात्र गर्नुहोला। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

स्वस्थ चित्तले दिन बिताउनु हुनेछ। तपाईको दिन शारीरिक र मानसिक रुपले उद्वेगपूर्ण रहनेछ। आकस्मिक धन खर्च होला। प्रेमीसँग वाद-विवाद हुन सक्ला। विपरीत लिंगीय पात्र तर्फ आकर्षण अथवा कामुकताले संकट ल्याउन सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

मानसिक अस्वस्थता रहनेछ। परिवारसँग मनमुटावको स्थिति आउनेछ। आमासँग झगडा हुन सक्ला। नकरात्मक विचारले निराशा उत्पन्न हुनेछ। जलाशय खतरनाक साबित हुन सक्छ। पेसामा स्त्री वर्गबाट बचेर रहनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

भावनात्मक सम्बन्ध स्थापित हुनेछ। भाई-बहिनीसँग मेलमिलाप हुन सक्ला। मित्र र आफन्तसँग भेट होला। गुढ रहस्यमय विद्याप्रति आकर्षण रहनेछ। विरोधी र प्रतिस्पर्धीलाई डटेर सामना गर्नुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मानसिक वृत्ति नकारात्मक रहनेछ । क्रोधावेशमा बोलीमा ध्यान हराउनाले पारिवारिक सदस्यसँग विवाद हुनेछ। अनावश्यक खर्च हुनेछ। स्वास्थ्य खराब होला। मनमा ग्लानि रहनेछ। अनैतिक प्रवृत्ति तर्फ नमोडिनुहोला। विद्यार्थीको पढाईमा ढिलाई हुन सक्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिन शुभ रहला। शारीरिक र मानसिक रुपले प्रसन्नता रहनेछ। पारिवारिक सदस्यसँग खुशीका साथ समय बिताउनुहुनेछ। साथी वा आफन्तको तर्फबाट उपहार मिल्नेछ। मांगलिक प्रसंगमा जान सक्नुहुनेछ। धन लाभ र यात्राको योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

रिसको कारण पारिवारिक सदस्य तथा अन्य व्यक्तिसँग सम्बन्ध बिग्रिनेछ। तपाईको बोली र व्यवहार झगडाको कारण बन्न सक्छ। दुर्घटनाबाट बच्नुहोला। अनावश्यक खर्च नगर्नुहोला। अदालती काममा सावधानीपुर्वक कदम उठाउनु होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन हरेक क्षेत्रमा लाभदायक छ। आफन्त र मित्रसँग भेट होला। प्रिय व्यक्तिसँग भेट रोमाञ्चक बन्नेछ। विवाह गर्न उत्सुक व्यक्तिको वैवाहिक समस्या होला। घरायसी जीवन आनन्ददायी रहला। नयाँ चीज-वस्तुको खरिद गर्नुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

हारेक कार्य सफलतापूर्वक हाल हुनेछ र त्यसमा सफलता मिल्नेछ। पेसा-धन्दामा अनुकुल परिस्थिति निर्माण होला। उच्च पदाधिकारीको व्यवहार सहयोगपूर्ण रहनेछ। मानसिक रुपले उर्जा महसुस हुनेछ। पद्दोन्ति र धन प्राप्त होला म घरायसी जीवन आनन्दपूर्ण रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको दिनको सुरुवात डर र उद्विग्नताक साथ हुनेछ। शरीरमा सुस्ती र थकान अनुभव होला। कुनै पनि कार्य पूरा नहुँदा निराशा उत्पन्न होला। भाग्यले साथ नदिएको प्रतीत हुनेछ। अफिसमा अधिकारीवर्गसँग सम्हालेर रहनुहोला। अनावश्यक खर्च नगर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah