मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

घर , परिवार र सन्तानको मामिलामा आनन्द र सन्तोषको भावना अनुभव होला। व्यवसायको क्षेत्रमा लाभ , मान र प्रतिष्ठा प्राप्त होला। पेसामा पद्दोन्नति मिल्नेछ। आगो , पानी र सवारी साधनबाट टाढा रहनुहोला। व्यापारमा लाभ होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

व्यापारीको लागि शुभ दिन छ। नयाँ आयोजन हातमा लिनुहुनेछ। यसको अतिरिक्त लाभ पनि प्राप्त हुनेछ। विदेशमा बस्ने मित्र वा आफन्तबाट समाचार मिल्नेछ। लामो दुरीको यात्रा हुने योग छ। अत्यधिक कामको बोझले थकान अनुभव होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

बदनामी र निषेधात्मक विचारबाट टाढा रहनुहोला। पारिवारिक सदस्य र अफिसमा सहकर्मीसँग मनमुटाव वा विवादको प्रसंग बन्नेछ। ईश्वरको आराधना , जप र आध्यात्मिकताले शन्ति अनुभव होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन सामाजिक र व्यवसायिक क्षेत्रको लागि लाभदायक साबित हुनेछ। मोजमस्ती र मनोरंजनको प्रवृत्तिमा समय बिताउनुहुनेछ। यसका साथै विपरीत लिंगीय व्यक्तिसँग रोमांचित भेटले सुख अनुभव होला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

उदासीन प्रवृत्ति र सन्देहको बादल मनमा घेरिरहनाले मानसिक राहत अनुभव हुनेछैन। घरमा शान्तिको वातावरण रहला। दैनिक कार्यमा थोरै अवरोध आउनेछ। अधिक परिश्रम गरेपछि अधिकारीसँग वाद-विवादमा नपर्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कुनै न कुनै कारण मन चिन्तित रहनेछ। विशेष रूपले सन्तान र स्वास्थ्यको बारेमा अधिक चिन्तित रहनुहुन्छ। पेट सम्बन्धि स्वास्थ्य समस्या रहला। विधार्थीको पढाईमा कठिनाई आउनेछ। आकस्मिक धन खर्च होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

अत्यधिक भावनाशील बन्नुहुनेछ। त्यकारण मानसिक अस्वस्थता अनुभव होला। आमाको स्वास्थ्य बिग्रन सक्ला। यात्राको लागि वर्तमान समय अनुकुल रहेको छैन। कुटुम्बिक र सम्पत्ति सम्बन्धि चर्चामा सावधान रहनुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

कार्य सफलता, आर्थिक लाभ र भाग्यवृद्धि हुने दिन छ । नयाँ कार्य सुरु गर्न सक्नुहुन्छ। अधिक सहयोगपूर्ण र प्रेमपूर्ण दिन रहनेछ। प्रियव्यक्तिसँग भेट हुनाले आनन्द अनुभव होला। छोटो यात्रा हुने योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दुविधायुक्त मन:स्थिति र अल्झिएको पारिवारिक वातावरणको कारण समस्या अनुभव होला। पारिवारिक सदस्यसँग गलत धारणा होला। महत्त्वपूर्ण निर्णय लिन हितकार छैन। टाढा बस्ने मित्र वा आफन्तको सामना गर्नुपर्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

ईश्वरको नाम स्मरणबाट तपाईको दिनको शुभारम्भ होला। धार्मिक कार्य र पूजा पाठ हुनेछ। घरायसी जीवनमा आनन्दमय वातावरण रहनेछ। हरेक कार्य सरलताका साथ पूरा हुनेछ। शारीरिक – मानसिक रूपले प्रफुल्लित रहनुहुन्छ। दाम्पत्यजीवनमा आनन्द अनुभव गर्नुहुन्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

खर्च वृद्दि होला। स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। परिवारसँग संघर्षमा नउत्रिनुहोला। कसैसँग गलत धारणा हुनाले झगडा हुन सक्ला। कसैको भलाई सोच्दा आफ्नो नै कुभलो हुन सक्ला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको लागि लाभदायक दिन छ। पेसा- व्यवसायको क्षेत्रमा आय वृद्दि होला। वृद्द र मित्रको तर्फबाट लाभ होला। नयाँ मित्र बन्नुको साथै मित्रता भविष्यको लागि लाभदायक साबित होला। सन्तान र पत्नीको तर्फबाट शुभ समाचर प्राप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah