अष्ट्रेलियाकी रिलेशनशिप एक्सपर्ट तथा लेखिका नादिया बोकोडी आफ्नो एक बयानका लागि चर्चामा छिन् । नादियाका अनुसार महिलाले विवाह गर्नुहुँदैन किनभने यसले पुरुषलाई मात्रै फाइदा पुर्याउँछ । आफ्नो इन्स्टाग्राम पोस्टमा नादियाले विवाहका कारण महिलाले घरेलु काम बढी गर्नुपर्छ ।

नादियाका अनुसार महिलाले एकै समयमा आफ्नो करियरका साथै बालबच्चाको सही तरिकाले हेरविचार गरोस् भन्ने अपेक्षा राखिन्छ । नादियाले लेखिन्, ‘विवाह एक पुरुष प्रधान चिज हो जसले पुरुषलाई अत्यधिक लाभ दिन्छ भने महिलालाई हानीबाहेक केही गर्दैन ।’

नादिया थप्छिन्, ‘विवाहित पुरुष बढी कमाउँछन् र घरमा तलब बिना काम गरिरहेका महिलाका कारण लामो जीवन बाँच्छन् । विवाहपछि महिलाबाट हरेक क्षेत्रमा राम्रो प्रदर्शनको आशा गरिन्छ । यस्तै, जो महिला विवाह गर्दैनन् र राम्रो कमाउँछन्, उनीहरु लामो समयसम्म बाँच्छन् र असाध्यै खुसी हुन्छन् ।’

नादियाले यो तथ्यका लागि क्यालिफोर्निया युनिभर्सिटीको एक शोधलाई उद्धृत गरेकी छिन् । नादियाले भनिन्, ‘यो अनुसन्धानले बताउँछ कि पुरुषसँग बसिरहेका महिला दोब्बर घरेलु भार उठाउँछन् र बालबच्चाको पालन–पोषणमा आफ्नो शत प्रतिशत दिन्छन्, भलै उनी फूल टाइम जागिर खान्छिन् ।’

‘परिवार र करियरबीचको सन्तुलन स्थापित गरेका कारण महिलाको कमाई कम हुन्छ जबकी यो स्थितिको लाभ उठाएर पुरुष आफ्नो कमाई बढाउँदै जान्छन् ।’ यी आँकडाबारे कुरा गर्दै नादियाले आफ्ना महिला फलोअर्सलाई विवाह नगर्न सल्लाह दिन्छिन् ।

नादियाको पोस्टमा १६ सय भन्दा बढी लाइक्स र थुप्रै सकारात्मक कमेन्ट आइरहेका छन् । एक महिला प्रयोगकर्ताले लेखिन्, ‘इमान्दारीपूर्वक भन्ने हो भने म पछिल्लो १० वर्षदेखि सिंगल छु र असाध्यै खुसी छु । मैले आफ्नै घर किनिसकेकी छु र मेरो जीवन पूर्ण रुपमा स्थापित भइसकेको छ र यसमा मेरो नै नियन्त्रण छ ।’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘यही कारण हो कि म कहिले पनि विवाह गर्न चाहन्नँ । म २९ भइसकेँ र कहिल्यै विवाह गर्दिनँ ।’

यस्तै अर्की एक महिलाले नादियाको कुरामा सहमति जनाउँदै भनिन्, ‘मलाई राम्रोसँग थाहा छ कि श्रीमान्–श्रीमतीले के के गर्छन् र उनीहरु कुन स्थितिबाट गुज्रिनुपर्छ । तपाईंको पोस्ट साँच्चै नै राम्रो छ ।’

यद्यपि, केही प्रयोगकर्ता यस्ता पनि थिए जो नादियाको विचारसँग सहमत थिएनन् । पोस्टमा कमेन्ट गर्दै एक महिलाले लेखिन्, ‘विवाहपछि नै मैले निकै राम्रो महसुस गर्न थालेकी हुँ । मैले आफ्नो बेस्ट फ्रेन्डसँग विवाह गरेकी थिएँ । विवाहपछि मेरा आत्मविश्वास पहिलेको भन्दा पनि बढेको छ । ’

अर्की एक प्रयोगकर्ताले लेखिन्, ‘मैले कहिल्यै सोचेकी थिइनँ कि आफ्ना दुई सन्तानसहित म तीनवटा व्यवसाय चलाउन सक्नेछु । म यो अनुसन्धानसँग थोरै सहमत छु तर म विवाह गरेर खुसी छु ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘मैले यति राम्रो जीवनसाथी पाएको छु कि म असाध्यै भाग्यमानी छु । हाम्रो विवाह भएको १९ वर्ष बितिसकेको छ र म आफ्ना श्रीमान् बिना एकछिन पनि कल्पना गर्न सक्दिनँ । मलाई हामी दुबैमाथि र हामीले सँगै जुन जिन्दगी बनाएका छौं, त्यसमा मलाई गर्व छ ।’

ratopati बाट सवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah