काठमाडौं । उत्ताउलोपन र उछृङ्खलताका लागि आलोचित बन्दै आएकी छन् गायिका ज्योती मगर । उनका गीतमा छाडा र द्विअर्थि शब्दको प्रचुरता भेटिन्छ भने उनले अभिनय गरेका भिडियो पनि सबैका लागि सुपाच्य हुँदैनन् ।

तर, यसपालीको तिजमा उनले सरप्राइज दिएकी छिन् । उनले हालै सार्वजनिक गरेको तिजगीतले धेरैलाई आश्चर्यमा पारिदिएको छ । यसमा ज्योती मगरलाई आफ्नो छविविपरित शालिन अवतारमा देख्न सकिन्छ । गीत पनि मन छुने खालको छ ।

‘माइतीको माया बरिलै’ बोलको गीतमार्फत ज्योतीले आफ्नो ट्रयाक बदल्न खोजेकी हुन् वा यो एउटा ‘ट्राइ’ मात्र हो, उनैले जानुन् । तर, दर्शकले भने उनको यो प्रयोग मन पराएका छन् । स्मरणीय के छ भने यो गीतमा रचना, संगीत र स्वर सबै ज्योतीको हो । गीत कर्णप्रिय र मर्मस्पर्शीसमेत छ ।

तिजमा माइती जान नपाएकी एक ग्रामिण चेलीको विरह यस गीतमा पोखिएको छ । कारुणिक भाकामा गाइएको गीतमा ज्योतीको स्वर पनि निकै खुलेको छ । गीतका शब्दहरुले मन पगाल्छ।

यस्ता छन् गीतका शब्दहरु :

‘बटौलीको बजारमा स्वामीज्युले किन्देको, धुँदाधुँदै फाट्यो सिफनको सारी बरिलै

वर्षदिनको तिजमा माइती जान नपाउँदा छोरी रुने वारी, आमा रुने पारी बरीलै

०००

संगीनीको चिनो, आँखै लाउने गाजलु, त्यसै कहाँ पुछिन्थ्यो रुँदारुँदै बग्यो बरिलै

नाच्न पनि मन थियो, गाउन पनि मन थियो, मै अभागी चेलीलाई करिमैले ठग्यो बरिलै

०००

बाखरीलाई खुवाउने, डाले घाँस काटेर, गाईलाई घाँस खुवाउने घरवारीको खर बरिलै

सुनकै थालमा खाएनि दुधैले नुहाएनी पराइको घर, के रमाइलो छर बरिलै

०००

क्यारि दिन काटुँला क्यारि मन बुझाउँदा, यो बिरानो ठाउँको चालचलन नयाँ बरिलै

कतिविधि आको हो, माइती देशकै झझल्को, कति विधि लाको हो माइतीकै मयाँ मरिलै

०००

गीतले सुरुवातमा आक्रामक भ्यूज कमाएको छैन । तीन दिनमा भर्खर ५० हजार भ्यूज कटाएको छ । गीतमा आएका प्रतिक्रियाहरु भने निकै सकारात्मक छन् । धेरैले ज्योतीको प्रयासको सह्राहना गरेका छन् । सुरुवात सुस्त भए पनि यो गीतका भ्यूज बिस्तारै उकालो लाग्ने आशा राख्न सकिन्छ । अहिलेसम्म प्राय विवादास्पद अभिव्यक्ति र क्रियाकलापले मात्रै चर्चा कमाएकी ज्योतीले यसपाली भने विसुद्ध प्रतिभाकै बलमा चर्चा बटुल्न सफल भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah