एजेन्सी । क्रिस्टियानो रोनाल्डोले भनेका छन्, ‘त्यही फर्किएको छु, जहाँबाट म प्रतिनिधित्व गर्थे’

उनले म्यानचेस्टर फर्कने निर्णयलाई पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनमा समर्पण गरे ।

युनाईटेडले १५ मिलियन युरोमा ३६ वर्षिया रोनाल्डोलाई युभेन्ट्सबाट क्लबमा फर्काएको हो । उनी झण्डै दशक अघि युनाईटेडबाट रियल मड्रिड गएका थिए ।

उनले युनाईटेडसँग दुई वर्षको सम्झौता गरेका छन्, एक वर्ष थप गर्ने विकल्प सहित ।

‘जसले मलाई चिनेका छन्, उनीहरु सबैलाई म्यान्चेष्टर युनाईटेडका लागि मेरो कहिल्यै समाप्त नहुने प्रेमबारे थाहा छ ।’ उनले लेखेका छन् ।

‘मैले यस क्लबमा बिताएका वर्ष साच्चिकै आश्चार्यजनक थिए । र हामीले मिलेर बनाएको इतिहास स्वर्णिम अक्षरले लेखिएको छ ।’

‘म अहिलेपनि मेरो भावनाहरु व्याख्या गर्न सकिरहेको छैन । किनकी ओल्ड ट्राफोर्डमा फिर्तीलाई विश्वव्यापी घोषणाको रुपमा देख्छु ।’ रोनाल्डोले भने ।

‘यो सपना पुरा हुनु जस्तै भएको छ । धेरै समय मैले युनाईटेड आएर प्रतिद्धन्दीको रुपमा खेले । विपक्षी भएपनि मैले यहाँका समर्थकबाट सधै प्रेम र सम्मान पाए ।’ उनले थपे ।

५ पटकका बालेन डी ओर विजेता रोनाल्डोले हस्ताक्षर गर्दै भनेका छन्, ‘म यहीँ छु । फर्किएको छु, जहाँको थिए । फेरी एक पटक यो सफल गरौं । सर एलेक्स, यो तिम्रा लागि हो ।’

फर्गुसन म्यानेजर थिए, जति बेला रोनाल्डो युनाईटेडमा आफ्नो स्वर्णिम समयको सुरुवात गर्दै थिए । उनले फर्गुसनको नेतृत्वमा २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनले सन् २००९ मा कीर्तिमानी रकममा रियल मड्रिड गएका थिए ।

उनले युनाईटेड फर्कनु भन्दा पहिले फर्गुसनसंग कुरा गरेको विश्वास गरिन्छ ।

युनाईटेडका वर्तमान प्रशिक्षक ओले गुनर सोल्सायरले भने, ‘रोनाल्डोको बयान गर्न तपाईहरुको शब्द समाप्त हुन्छ । उनी एक उद्भुत खेलाडी मात्र हैन, एक महान मानिसपनि हुन् ।’

‘यति लामो समय शीर्ष स्तरमा खेल्ने इच्छा र क्षमता एक विशेष व्यक्तिको आवश्यकता पर्छ ।’ उनले भनेका छन् ।

‘मलाई कुनै शंका छैन, उनले हामी सबैलाई प्रभावित पार्नेछन् । र उनको अनुभव टिममा रहेका युवा खेलाडीका लागि महत्वपुर्ण हुनेछ ।’ उनले थपे ।

युनाइटेड आउनु अघि रोनाल्डो म्यान्चेष्टर सिटीसंग जोडिएका थिए । ६ वर्ष युनाइटेडमा रहदा रोनाल्डोले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप, क्लब विश्वकप र कम्युनिटी सिल्डको उपाधि जितेका थिए ।

सेप्टेम्बर ११ मा ओल्डट्राफोर्डमा न्युक्यासलविरुद्ध हुने खेलमा रोनाल्डो प्रशिक्षक सोल्सायरका लागि उपलब्ध हुनेछन् ।

रोनाल्डो युनाइटेडमा रहदा ७ नम्बरको जर्सी लगाएका थिए । जुन अहिले युनाइटेडमा काभानीसंग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah