नेपाली राष्ट्रिय क्रिकेट टिमको टी २० वरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीको नयाँ वरीयताअनुसार नेपाल टी २० वरीयतामा एक स्थान तल झर्दै १३ औं स्थानमा आइपुगेको छ।

यसअघि नेपाल टी २० वरियतामा १२औं स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १६औं स्थानमा छ। वैशाख पहिलो साता त्रिदेशीय कप खेलेयता नेपाली टिमले कुनै पनि खेल खेलेको छैन ।

टी २० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्। अस्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र बंगलादेश दसौं स्थानमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय