काठमाडौ । नेपाली चलचित्र तथा संगीत क्षेत्रमा दोश्रो पुस्ताको राम्रै उपस्थिति देखिइरहेको समयमा निर्माता दिनेश दर्शनधारी र यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्दै छन् ।
घर – परिवारबाट नै कला क्षेत्रमा लाग्ने र अघि बढ्ने प्रेरणाका साथ यी दुई ह्यान्डसम युवाहरु कला क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन् । यी दुइ छिट्टै एउटा म्युजिक भिडियो मार्फत कला क्षेत्रमा प्रवेश गर्दै छन् ।

नियमित रुपमा चलचित्र निर्माणमा लागी रहेका निर्माता द्वय दर्शनधारी र राईको निर्माणमा चलचित्र बागमती र एउटा यस्तो प्रेम कहानी प्रदर्शन भई सकेको छ भने नयाँ चलचित्रको निर्माण कार्य पनि प्रारम्भ भई सकेको छ। यी दुईलाई छिट्टै ठुलो पर्दाको चलचित्रमा पनि डेब्यु गराउने ट्री मिडियाका प्रवक्ताले बताए । नृत्य र अभिनयको पनि यी दुबैले निरन्तर प्रशिक्षण लिई रहेका छन्।

मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले जस्तै दुबैको टिम निरन्तर अघि बढ्ने यी दुइको योजना रहेको छ। सफल चलचित्रकर्मीका छोरा छोरीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रै स्थान बनाई रहेका छन्। घर परिवार बाट नै चलचित्र क्षेत्रमा लाग्न प्रेरित गर्नु भनेको अझै सुखद कुरा हो। चलचित्रकर्मीको छोरा छोरी भएर मात्र होइन आफुमा क्षमता पनि भएकोले यो क्षेत्रमा अघि बढ्न लागेको देल्बिस र राज रोहनले बताए।

अन्य पेशामा जस्तै कला क्षेत्रमा लागेर पनि आफ्नो करियर अघि बढाउन सकिने उनिहरुले बताए। यी दुई मोभिल्याण्ड ग्रुप अफ कम्पनिको बोर्ड अफ डाइरेक्टर समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah