कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ एक साताभित्र ४४ लाख मात्रा आउने निश्चित भएको छ । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग नन डिस्क्लोजर सम्झौतामार्फत खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये ४४ लाख मात्रा खोप आउन लागेको स्वास्थ्य महाशाखाअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालले जानकारी दिए ।
नेपालले अहिलेसम्म अनुदान सहयोग, खरिद र कोभ्याक्स सुविधामार्फत करिब १ करोड ३३ लाख खोप प्राप्त गरिसकेको छ ।
दसैंसम्म ३३ प्रतिशत मानिसलाई खोप

सरकारले आउँदो दसैँसम्म ३३ प्रतिशत जनतालाई पूर्ण रुपमा खोप लगाइसक्ने योजना बनाएको छ । अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दसैँसम्म त्यो संख्या दुई करोड पाँच लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

हालसम्म १६.३१ प्रतिशत नागरिक अर्थात् ४८ लाख ९५ हजार १५१ जनालाई खोपको पूर्ण मात्रा दिइएको छ । खोपको पूर्ण मात्राका लागि दुई डोज लगाउनुपर्ने अवस्थामा उनीहरुले ९७ लाख ९० हजार ३०२ डोज खोप लगाएका छन् ।

हालसम्म पहिलो मात्रा ५५ लाख ३३ हजार ७९४ जनाले लगाएका छन् । त्यसमध्ये ४८ लाख ९५ हजार १५२ जनाले पूर्ण खोप लगाएका छन् । यस आधारमा अझै ६ लाख ३८ हजार ६४३ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी देखिन्छ ।

तर, जोनसन एण्ड जोनसोन खोपको एकमात्रै मात्रा लगाए पनि हुने हुँदा खोप दोस्रो मात्रा लगाउनुपर्ने नागरिकको सङ्ख्या योभन्दा बढी हुन सक्छ । हालसम्म १५ लाख डोज जोनसनको खोप आएको थियो जसमध्ये करिब १३ लाख डोज खोप प्रयोगमा आइसकेको छ

आइतबारसम्ममा सरकारसँग मौज्दात खोप १६ लाख मात्रा छ । एकसाता भित्र ४४ लाख मात्रा भेरोसेल खोप आउने सरकारको भनाइ छ ।

कुन जिल्ला र प्रदेशमा कति खोप वितरण

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला मनाङ भएको छ भने पाँचौं नम्बरमा काठमाडौं जिल्ला परेको छ । मनाङमा ५७ प्रतिशत, मुस्ताङमा ५६ प्रतिशत, रसुवामा ४६ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र काठमाडौंमा ४० प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । सबै जिल्लामा ४० प्रतिशतभन्दा कम नागरिकले पूर्ण खोप लगाएका छन् ।

यस्तै, प्रदेश १ मा १० प्रतिशतले कोरोनाविरुद्धको पूर्णमात्रामा खोप लगाएका छन् भने प्रदेश २ मा ७ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, बागमती प्रदेशमा २९ प्रतिशत, गण्डकी प्रदेशमा १७ प्रतिशत, लुम्बिनी प्रदेशमा १६ प्रतिशत, कर्णाली प्रदेशमा १२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

नेपालले हालसम्म प्राप्त गरेको खोपको विवरण

–भारतबाट अनुदानमा १० लाख मात्राको कोभिशिल्ड खोप

–भारतबाटै नेपाली सेनालाई १ लाख मात्राको कोभिशिल्ड खोप

–चीनबाट अनुदानमा ८ लाख मात्रा भेरोसेल खोप

–दोश्रो पटक चीनबाट अनुदानमा १० लाख मात्रा भेरोसेल खोप

–गाभीबाट अनुदानमा ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप

–अमेरिकाबाट अनुदानमा १५ लाख ३४ हजार जोन्सन एण्ड जोन्सन खोप

–भारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिडशिल्ड खोप, भुक्तानी गरिसकेको तर खोप आउन बाँकी

–तेश्रो पटक चीनबाट खरिद प्रक्रिया अन्तर्गतको ४० लाख मात्राको भेरोसेल खोप ।

–जापानबाट अनुदानमा १६ लाख मात्राको अष्ट्राजेनिका खोप

–चीनबाट अनुदानमा १६ लाख मात्राको भेरोसेल खोप

–बेलायतले उपलब्ध गराएको १ लाख ३० हजार एस्ट्रजेनेका खोप

–भुटानबाट खोप फिर्ता गर्ने सर्तमा ल्याइएको २ लाख ३० हजार

–चीनबाटै खरिद प्रक्रियाबाट साइनोफर्मको ६० लाख मात्रा भेरोसेल खोपको लागि सम्झौता गरिए पनि १६ लाख मात्रा खोपमात्रै नेपाल आइपुगेको छ ।

पुस–माघमा प्राप्त हुने अनुमान गरिएको खोपको मात्रा

सरकारले चैतसम्ममा ७१.६ प्रतिशत जनतालाई खोप दिइसक्ने प्रतिवद्धता जनाएको छ । सरकारले निर्धारण गरेको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई चैत्रसम्ममा खोप दिइसक्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी छ । १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको पनि टुंगो लागिसकेको उनले बताए । ६० लाख मात्रा फाइजरको खोप प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले बताए । यस्तै सरकारले दसैँमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्ने भएकोले सिमानाका क्षेत्रमा खोप कार्यक्रम योजना गर्ने सोच बनाएको समेत बताए ।

यस्तै कोभ्याक्स, गाभीको १ करोड १० लाख मात्रा खोप लागत सहभागितामा ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभ्याक्स, गाभीबाटै अनुदान सहयोगमा १ करोड १३ लाख मात्रा खोप पाउने मन्त्रालयको भनाइ छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दसैँसम्ममा ३३ प्रतिशत मानिसलाई खोप दिने भने पनि एक सातापछि आउने भनिएको ४४ लाख खोपबाहेक अन्य खोप कहिले आउँछ भन्ने निश्चित नभएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । यद्यपि, असोज महिनासम्ममा ३ करोड २३ लाख खोप आइपुग्ने सरकारको अनुमान छ । माघसम्म ५ करोड २३ लाख ८२ हजार मात्रा खोप आइसक्ने सरकारको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah