कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार नेत्रराज अधिकारी र उपमेयरमा एमालेकै शिबकुमारी चौधरी विजयी हुनु भएको छ । एमालेका मेयरका उमेदवार नेत्रराज अधिकारीले ६१५५ र एमाले बाटै उपमेयरमा शिवकुमारी थारुले ५९६२ मत प्राप्त गर्नुभएको छ ।




