इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीको क्लोज्ड क्याम्पमा कोरोना संक्रमण पुष्टि भएपछि यी दुई राष्ट्रबीचको पाँचौं तथा अन्तिम टेस्ट रद्द भएको छ।

इङ्ल्यान्डको म्यान्चेस्टरमा आज शुक्रवारबाट सुरु हुने भनिएको पाँचौं टेस्ट खेल अगाडि भारतीय टोलीका केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि खेल रद्द गरिएको हो। यस सिरिजको अन्तिम तथा निर्णायक टेस्ट खेल रद्द हुँदा सिरिजको नतिजा बारे भने अझै टुंगो लागेको छैन।
यी दुईबीचको पहिलो टेस्ट बराबरीमा अन्त्य हुँदा भारतले दोस्रो टेस्टमा जित दर्ता गरेको थियो। त्यस्तै तेस्रो टेस्ट घरेलु टोली इङ्ल्यान्डले जित्दा चौथो टेस्टमा भारतले पुनः जित दर्ता गर्न सफल भएको थियो।

अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले नतिजा २(१ ले भारतको पक्षमा जाने वा अन्तिम टेस्टमा भारतले मैदानमा आफ्नो खेलाडी उतार्न नसकेको कारण नतिजा २(२ को बराबरीमा अन्त्य गर्ने बारे भने टुङ्गो लगाएको छैन। आईसीसी र म्याच रेफ्री क्रिस ब्रोडबीचको छलफल पछि सो बारे ठोस निर्णय आउने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah