मस्कट । पपुवा न्युगिनी पीएनजी सँगको दोस्रो एकदिवशीय खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्।

ओमानको अल अमेरात मैदानमा नेपालले पहिलोपटक डे–नाइट एकदिवशीय अन्तर्राराष्ट्रिय खेल खेल्दैछ। विहीबार भएको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेलेको टिममा तीनजना परिवर्तन भएका छन् ।

भेट्रान ब्याट्सम्यान शरद भेषावकर, आरिफ शेख र पवन सर्राफलाई आजको खेलमा टिममा राखिएको छैन। उनीहरुको स्थानमा करण केसी, विनोद भण्डारी र सुशान भारीले स्थान बनाएका छन्। आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिका र ओमान सम्मिलित त्रिदेशीय शृंखला खेल्दैछ ।

त्यसैको तयारीस्वरुप पीएनजीसँग दुई एशदिवशीय खेलको शृंखला खेलिएको हो। शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले २ विकेटको जित हासिल गरेको थियो । मध्यक्रमका ब्याट्सम्यानले आशातीत प्रदर्शन गर्न सकेका थिएनन् । प्रशिक्षक ह्वाटमोरले अपेक्षाकृत प्रदर्शन गर्न नसकेका मध्यक्रमका तीन ब्याट्सम्यानलाई आजको खेलमा आराम दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah