सागर लम्साल ‘बले’ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो।
गीतमा सागर लम्साल बले सँगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ। पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रष्ट्याउदै सागर भन्छन् पुराना गीतले पुराना साथीभाईहरुको सम्झनाँ दिलाउछ।
तिनै पुराना साथीहरुको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाएको हो। २० वर्ष पछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरेका छन् । गीतमा सरला बीसीले साथ दिएकी छिन्। गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ बोलको गीत बले इटरटेन्मेन्टको यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको हो ।
गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन्। आफ्ना पुराना दिनहरुको सम्झना दिलाएको भन्दै गीतको अडियो र भिडियो दुवै पक्षको प्रशंसा गरेका छन्। केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घट्ना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।



