काठमाडौँ,आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै छ। आजको उद्घाटन खेलमा नेपालले अमेरिकाको सामना गर्दै छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा यी दुई टाली भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजेबाट सुरु हुनेछ।

लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग खेलेको दुबै खेल जितेको थियो । सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो। त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। उक्त सिरिजमा नेपाल ओमानसँग भने दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी ९ पीएनजी ० सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले २–० ले क्लिन स्विप गर्यो। अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो । त्यस्तै नेपालले दोस्रो खेल मंगलबार ओमानसँग खेल्नेछ।लिगमा ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ। १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah