सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो।

सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो ।

सोही पत्र प्रशासनले प्रहरीमा पठाएपछि बोगटी नेतृत्वको टोली माझीको अवस्थाबारे बुझ्न माइतीघर रहेको चापाकोट पुगेको हो ।
बोगटीले प्रहरी पत्रको आधारमा माइतीपक्षका आफन्तकहाँ बुझ्न पुगेको भएपनि आफूहरुले उनीहरुलाई झिकाउने लगायतका प्रक्रियाका सन्दर्भमा भने कसैले लिखित उजुरी दिएको सन्दर्भमा मात्रै हुनसक्ने बताए । पत्र आएपछि सोधखोज गर्नु सामान्य प्रक्रिया भएको पनि उनको भनाइ छ ।

पछिल्लो समय माझीले गाएको ‘चरी जेलैमा’ बोलको तीजको गीत चर्चामा आउँदै गर्दा विष्णु माझीको रहस्यमय जीवनशैलीबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुँदै आएका छन् । यसअघि पनि विष्णु माझीबारे खोजबिन हुँदा माझी श्रीमान सुन्दरमणि अधिकारीसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पुगेर आफू राजीखुशीले सार्वजनिक नभएको बयान दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah