दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यानलबाट आउने भएको छ।
यसअघि ओएसआर डिजिटलबाट आउने हाँस्य टेलिफिल्म बिहिबार अर्थात आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने भएको हो। अबदेखि सक्किगोनी हरेक बिहीबार बेलुका ९ बजेदेखि आफ्नै युट्युब च्यानलमा आउनेछ भने हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजेदेखि प्रसारण हुनेछ।
ओएसआर डिजिटलसँग सम्झौता सकिएपछि सक्किगोनी अब आफ्नै च्यानलबाट आउने जनाइएको छ । सक्किगोनी शुरू देखि नै ग्राहकको रोजाइमा पर्न सफल भएको छ।



