शनिबार मध्य राति सम्पन्न कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को विजेता भरतमणि पौडेलले आफुलाई विजेता बनाउन सहयोग र साथ दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । विजेता घोषणा भएको केही घण्टापछि सामाजिक संजालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताएका हुन् ।

सबै प्रिय भगवानरुपि दर्शक तथा समर्थकमा नमस्कार भन्दै उनले सुरु गरेको स्टाटसमा उनले सबैको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत बताएका छन् ।

‘विश्व भुगोलमा बसोबास गर्नु भएका सम्पुर्ण नेपाली र नेपाली मनहरू प्रति हृदय देखिनै आभार प्रकट गर्दछु । तपाईहरुले यस्तो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा मेरो हसाउने प्रयासलाई साथ दिनु भएको छ’ उनले अगाडि लेखेका छन् ‘मेरो लागि देश तथा बिदेशमा अभियान चलाइदिनुभयो । मलाई सधै अगाडि बढ्न प्रेरित गर्न गरिरहनु भयो ।’

अवको दिनमा आफुलाई सही बाटोमा हिड्न खबरदारी गर्ने जिम्मा समेत सबैको रहेको बताएका उनी अगाडि थप्छन् ‘कमेडी च्याम्पियन सिजन २ को उपाधि जित्न सफल पनि तपाइँहरुकै साथले सम्भव भएको हो । त्यसैले अगामी दिनमा पनि यतिकै माया र साथ पाउनेछु भन्नेमा ढुक्क छु । मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah