अमेरिकामा कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरीका कोरोना संक्रमितमध्ये लगभग २६ प्रतिशत संक्रमित बालबालिका रहेका छन् ।
द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले दिएको जानकारी अनुसार गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोनाद्वारा संक्रमित भएका छन् । महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो संक्रमण दर दोस्रो सर्वाधिक हो ।यसको अघिल्लो साता २ लाख ४३ हजार ३ सय ७३ बालबालिका संक्रमित भएका थिए जुन हालसम्मकै सर्वाधिक हो ।

कोभिड–१९ को खोप लगाउन नपाएका बालबालिका विद्यालय फर्कन थालेपछि संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको हो । बालबालिकाको खोप हाल अनुसन्धानकै अवस्थामा छ । अहिलेसम्म १२ वर्ष वा सोभन्दा माथिकालाई खोप दिइँदै छ ।स्वास्थ्य विज्ञ तथा अधिकारीले खोपको विकास नभएसम्म बालबालिकालाई सुरक्षित राख्नुपर्ने कुरामा जोड दिएका छन‘गर्मी महिनामा बालबालिका संक्रमित हुने संख्यामा कमी देखिएको थियो तर हाल यसमा अत्यधिक वृद्धि देखिएको छ । पछिल्लो चार हप्तामा ९ लाख २५ हजार बालबालिका संक्रमित भइसकेका छन्,’ एएपीले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

जुलाई महिनामा २२ –२९ बीचको एक हप्ताको तुलनामा सोमबार जारी गरिएको संक्रमितको संख्यामा २१५ प्रतिशतले वृद्धि भएको छ । त्यतिबेला ७१,७२६ बालबालिका संक्रमित भएका थिए ।

सेप्टेम्बर १६ सम्म ५५ लाख बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यद्यपि, वयस्कको तुलनामा बालबालिकामा कोभिडले गम्भीर खतरा भने निम्त्याएको छैन । उमेरको हिसाबले अस्पताल भर्ना हुनुपरेको जानकारी दिने राज्यमा कोभिड–१९ का कारण अस्पताल बस्नुपर्ने बिरामीमध्ये १.६ देखि ४.२ प्रतिशत बालबालिका रहेका छन् ।यता उमेरको हिसाबले मृत्युको रिपोर्ट दिने राज्यमा बालबालिकाको मृत्युदर ०.२५ प्रतिशत रहेको छ । सात राज्यमा हालसम्म कोही बालबालिकाको मृत्यु भएको छैन ।

द यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार आइतबारसम्म कोभिड–१९ का कारण अमेरिकामा १८ वर्षभन्दा मुनीका ५४८ बालबालिकाको मृत्यु भएको छ ।

डिसेम्बरको अन्त्यतिर भ्याक्सिन तयार हुनसक्नेः

सीडीसीका निर्देशक डा. रचेल वालेन्स्कीले बालबालिकाका लागि यस वर्षको (डिसेम्बरको) अन्त्यसम्म खोप तयार गर्न विभिन्न संस्था लागीपरेको जानकारी दिए ।फाइजरमा बोर्ड सदस्य तथा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनका पूर्व आयुक्त डा. स्कट गटलिबले अक्टोबरको अन्तिम वा नोभेम्बरको पहिलो सातासम्म बालबालिकाका लागि खोप उपलब्ध हुने जानकारी दिए ।

खोप उपलब्ध भएतापनि आफ्ना बालबालिकालाई खोप दिने वा नदिने भन्ने निर्णय पूर्ण रुपमा परिवारको हातमा भएको उनले बताए ।अमेरिकाका ५४.७ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah