मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवार र कार्यको क्षेत्रमा सम्झौतापूर्ण व्यवहारलाई टाल्नुपर्ने हुन्छ। बोलिमा ध्यान नदिदा कसैसँग झगडा हुन सक्ला। स्त्री वर्गबाट लाभ प्राप्त हुनेछ। मनको उदासीनताले तपाईमा नकरात्मक विचार आऔनेछ। सकेसम्म खर्च नगरेकै राम्रो हुन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विचारको दृढताको साथ सावधानीपुर्वक काम गर्नुहुनेछ। व्यवस्थित रुपमा आर्थिक विषयको आयोजन गर्न सक्नुहुन्छ। उत्तम दाम्पत्यजीवनको अनुभूति होला। धन लाभको आशा राख्न सक्नुहुन्छ। मनोरंजन प्रवृत्तिमा पैसा खर्च हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको बोली वा व्यवहारको कारण कसैसँग गलत धारणा उत्पन्न हुन् सक्छ। कुटुम्ब तथा आफन्तसँग सम्हालेर रहनुहोला। मान-प्रतिष्ठामा हानि हुन सक्छ। अत्यधिक खर्च मात्र हुनेछ। विशेष रुपले मनोरंजन प्रवृत्तिमा खर्च हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक आयोजन र नयाँ कामको सुरुवात गर्नको लागि उत्तम दिन छ। व्यापार-धन्दामा लाभ , पेसामा पद्दोन्नति र आयको स्रोत वृद्दि हुनाले आनन्द र सन्तोषको भावना अनुभव गर्नुहुनेछ। मित्र,श्रीमतीको तर्फबाट शुभ समाचार मिल्नेछ। मांगलिक कार्य हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पेसा तथा व्यवसायको क्षेत्रमा लाभदायक र सफल दिन छ। आत्मविश्वास र दृढ मनोबलको कारण कार्य सरलतापुर्वक पूरा हुनेछ। उच्च पदाधिकारीद्वारा कामको कदर हुनेछ। खेलकुद र कला क्षेत्रमा प्रतिभा प्रदर्शनको लागि उत्तम समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन धार्मिक प्रवृत्तिमा बित्नेछ। कुनै तीर्थ-स्थानको भ्रमण हुनेछ। विदेशगमनको लागि अवसर निर्माण हुनेछ। आर्थिक लाभ मिल्नेछ। शारीरिक-मानसिक स्वस्थता बनिरहनेछ। अफिसमा उच्च-पदाधिकारीबाट सम्हालेर रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक धन लाभको दिन छ। आध्यात्मिक प्रवृत्ति तथा सिद्दि प्राप्त गर्नको लागि उत्तम दिन छ। नयाँ कार्य सुरु नगर्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। जलाशय र स्त्री वर्गबाट सचेत रहनुहोला। ईश्वरभक्ति र गहन चिन्तनशक्तिले मनलाई शान्ति दिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मोजमस्ती र मनोरंजनको दुनियामा घुम्ने मुडमा रहनुहुन्छ। सार्वजनिक जीवनमा मान-प्रतिष्ठा बढ्नेछ। दाम्पत्यजीवनको उत्तम क्षणको अनुभव गर्नुहुन्छ। प्रिय व्यक्तिसँग भेट र धनलाभ होला। नयाँ कपडा खरिद गर्नुहुन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ होला। घरमा आनन्दको वातावरण रहनेछ। कार्यमा सफलता र प्रसिद्दि मिल्नेछ। स्त्री मित्रसँग भेट होला। पेसा र सहकर्मीगण तपाईको सहायक बन्नेछ। स्त्री मित्रसँग भेट होला। विरोधी र शत्रु आफ्नो चालमा सफल हुनेछैन।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कला तथा साहित्यको क्षेत्रमा रुचि राख्ने व्यक्ति सफल हुनेछन्। आफ्नो रचनात्मक र सिर्जनात्मक शक्तिको परिचय गराउन सक्नुहुन्छ। सन्तानको प्रश्नको हाल मिल्नेछ। मित्रबाट विशेष लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वभावमा भावुकता अधिक हुनाले मानसिक बेचैनी रहनेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। विधार्थीले पढाईमा सफलता प्राप्त गर्नेछन्। सार्वजनिक रुपमा मानहानी नहोस यस कुराको ध्यान दिनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यमा सफलता पाउनको लागि र महत्त्वपूर्ण निर्णय लिनको लागि उत्तम दिन छ। जीवनसाथीसँग अधिक निकट रहनुहुन्छ। कलाकारले आफ्नो कला प्रदर्शन गरे मौका पाउनेछन्। मित्रसँग छोटो यात्रा वा भ्रमणमा जानुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah