काठमाडौं । नेपाल ओमानसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो।

कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ को अग्रता बनाएको ओमानले दोस्रो हाफमा एकतर्फी गोल गरेको थियो।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छ। नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय