बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं किंग्स ११ र पोखरा राइनोज बीचको खेल पनि रद्द भएको छ । प्रतियोगितामा मंगलबार एक खेलमात्र रहेको थियो । तर विगत दुई दिनदेखि परिरहेको वर्षाले भिजेको मैदान सुक्न नपाउँदै पुन वर्षा भएको थियो ।
वर्षाका कारण लगातार चौथो खेल रद्द भएको हो । आइतबार भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज बीचको खेले १०.१ ओभरपछि अवरुद्ध पार्दै रद्द भए यता कुनै खेल हुन सकेको छैन । पछिल्ला तीन खेल टस नै नगरी रद्द भएका छन् ।
प्रतियोगिता आयोजकले मंगलबार नयाँ खेल तालिका प्रकाशित गर्दै रद्द पहिलो तीन खेललाई पुनः खेलाउने जनाएका थिए । तर काठमाडौं किंग्स र पोखराबीचको खेल पनि रद्द भएपछि आयोजकले पुनः अर्को तालिका प्रकाशित गर्ने तयारी गरेको छ ।



