काठमाडौं। अभिनेत्री श्वेता तिवारी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के खिलाडी’ को सुटिङका लागि उनी त्यहाँ गएकी हुन् । २ दशकअघि ‘कसौटी जिन्दगी की’बाट ठूलो चर्चा पाएकी श्वेताले अभिनय क्षेत्रमा धेरै कुरा हासिल गरेकी छिन् । उनका दुई सन्तान पलक र रेयांश छन् । उनी निजी र व्यवसायिक जीवनमा सन्तुलन बनाएर राख्छिन् ।

टाइम्स अफ इण्डियासँगको कुराकानीमा श्वेताले अहिले आफू भिडियो कल अन गरेर सुत्ने गरेको बताइन् । आफ्ना छोराछोरीको बारेमा कुरा गर्दै उनले भनिन् ‘रातमा हामी भिडियो कल अन गरेर सुत्छौं ताकि हामी जतिबेला उठे पनि एक अर्कालाई देख्न सकौं । जतिबेला पनि हामीले मौका पाउँछौं, हामी कुरा गर्छौं ।’ उनले आफूले हरेक स्टन्ट गर्नुभन्दा पहिले र गरिसकेपछि छोरीसँग कुरा गर्ने बताइन् ।

खतरों के खिलाडी पनि श्वेताले फेरि फिक्सन विधाका शोमा काम गर्ने योजना बनाएको बताइन् । उनले भनिन् ‘जहिले पनि मलाई नयाँ शोको अफर आउँछ त्यसपछि मैले आफ्नो भूमिकाको ग्राफ हेर्छु ताकि यो रोचक छ भन्ने सुनिश्चित गर्न सकुँ र शो सकिँदासम्म मलाई दिक्क नलागोस् । यदि कुनै रोचक रोल आयो भने म लिन्छु चाहे त्यो सकारात्मक होस् वा नकारात्मक ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah