साफ प्रतियोगितामा नेपालले भोली श्रीलंकासँग प्रतिश्पर्धा गर्दैछ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–० कोे जित निकालेको थियो भने श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले नै पराजित भएको थियो ।
नेपालविरुद्धको खेलअघि श्रीलंकन टिमका प्रशिक्षक आमिरआलागिकले प्रतियोगिताको पहिलो खेलमै पराजित हुनुपर्दा केही पिडा भएको तर भोली हुने नेपालविरुद्धको खेलमा आफ्ना खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
पछिल्लो खेलमा नेपालविरुद्ध राम्रो प्रदर्शन गरे पनि अन्तिम समयमा सम्हालिन नसक्दा माल्दिम्स पराजित भएको उनको भनाई थियो ।
उनले फुटबलमा एकरातमा नै परवर्तन गर्न नसक्ने तर नेपाल लगायतका टिममा आएको परिवर्तनले आफु प्रभावित भएको बताएका छन् ।
उनले पहिलो खेलमा आफ्ना खेलाडीले पाएको रातोकार्डप्रति केही असन्तुष्टि पोख्दै कार्ड पाउनु अघिसम्म आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए ।
उनले नेपाली टिमको गोलकिपरको पनि तारिफ गरेका थिए । नेपाल र श्रीलंकाले साफको चौथो खेल अन्तर्गत भोाली राती पौनो दश बजे खेल्दैछ ।
नेपाल साफमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेकोे छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।



