नेपालगञ्ज । एक साताको अन्तरालपछि भेरी अस्पताल नेपालगञ्जमा थप चार जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार एक सातासम्म कसैको मृत्यु नभएकोमा बिहीबार दिउँसोदेखि शुक्रबार विहानसम्म चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका तीन र दाङका एक जना रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।उपचारका क्रममा मृत्यु हुनेमा बर्दिया, राजापुर नगरपालिका वडा नम्बर ८ का ३५ वर्षका पुरुष, राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाकी ५२ वर्षीया महिला, बारबर्दिया नगरपालिका वडा नम्बर ११ बर्दियाकी ४२ वर्षीया महिला र दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङकी ३७ वर्षीया महिला रहेको फोकल पर्सन ओलीले बताउनुभयो ।

उहाँले ती चारै जनालाई कोभिड भएको पुष्टि भएपछि उहाँहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उपचार भैरहकोमा स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको बताउनुभयो । पाँच घण्टामा चार जना संक्रमितको मृत्यु भएको भेरी अस्पतालले जानकारी गराएको जनाउँदै फोकल पर्सन ओलीले बाँकेलगायत नजिकका जिल्लाहरुमा समेत संक्रमण घट्दै गएपछि गत केही समय मृत्यु हुने क्रम पनि रोकिएको बताउनुभयो ।

यो सँगै कोरोना संक्रमणबाट बाँकेका स्थानीय ३३५ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४२३ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । नेपाल भारत सीमानालगायत बजार र अन्य सबै प्रतिष्ठानहरु खुला गरिएपछि पनि स्वास्थ्य मापदण्डको पालनामा खासै ध्यान नदिइएकाले संक्रमण दर बढ्ने आशंका बढ्दै गएको छ ।
अहिले बाँकेका प्रमुख सहरी क्षेत्रलगायत सीमा नाकामा समेत मास्क र भौतिक दुरीको पालना अधिकांशले नगरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah