काठमाडौं- पचासको दशकसम्म वर्षा ऋतु बिदा हुनेबित्तिकै काठमाडौंका आकाशमा चंगा उड्न थाल्थे। टुँडिखेल, पशुपति कैलाश, कोटेश्वर (पेरिसडाँडा) जस्ता खुला ठाउँमा मात्र हैन, घरका छानोमा बसेर घण्टौं चंगा उडाएर मनोरञ्जन लिएको सम्झना धेरैलाई ताजै छ। सहरभित्र मात्र हैन काँठ क्षेत्रमा पनि चंगा उडाउने प्रतिस्पर्धा नै हुन्थ्यो ठाउँठाउँमा।

उतिबेलाका चंगाका पारखी सिफलका राजेश्वर कोइराला भन्छन्, ‘हामी चंगा उडाउन पशुपति कैलाशदेखि टुँडिखेलसम्म पुग्थ्यौं। अरुको चंगा चेट गराउँदाको मज्जा बेग्लै हुन्थ्यो।’ अनेक रङका च‌ंगा, विभिन्न किसिमका लट्टाइँ र थरीथरीका धागोको जोहो गर्न पनि निकै सकस हुन्थ्यो किशोरहरुलाई।

दसैं आएलगत्तै काठमाडौंको आकाशमा देखिने चंगा अचेल पातलिँदै गएको छ। विगतमा सयौं चंगा उड्ने टुँडिखेलको आकाश अहिले रित्तो–रित्तो छ। कुनै बेला सहरी मनोरञ्जनको मुख्य साधनजस्तै थियो चंगा।
‘हामी त घरमै बस्दैनथ्यौं कि गल्लीमा लुकामारी र तेलकासा खेल्थ्यौं कि गुच्चा र बल खेल्थ्यौं,’ उनी भन्छन्, ‘दसैं आउने बेलामा त पैसा जोगाई–जोगाई लट्टाइँ, धागो र चंगा किन्थ्यौं।’ अहिले चंगा निकै कम मात्रामा उड्छन्। यद्यपि आकाशमा भन्दा सोरुम, रेस्टुरेन्ट र सपिङ मलमा चंगा सजाइएको पाइन्छ।

चंगा व्यापारीहरु पनि अचेलका किशाेर र युवाले चंगा उडाउन छाडेको बताउँछन्। विगत पन्ध्र वर्षदेखि ललितपुरको टेंगलमा चंगा व्यापार गर्दै आएका सनी चित्रकार भन्छन्, ‘पहिलेजस्तो अचेलका बच्चा र युवाहरुले चंगा उडाउँदैनन्। धेरैजसो मोबाइलमा गेम खेल्न रुचाउँछन् तर लकडाउनमा घर बस्दा बस्दा बोर हुने मात्र चंगा उडाएर मनोरञ्जन गर्न खोज्छन्। त्यही भएर पनि अजभोलि व्यपारमा केही वृद्धि हुँदैछ।’

उनका अनुसार नेपालमा चंगा बन्दैनन्। चंगा सबै भारत र चीनबाट आयात हुन्छन्। प्लास्टिक र कागजका चंगा भारतबाट र कपडाका चंगा चीनबाट आयात हुने उनी बताउँछन्।

चंगा उडाउन प्रयोग हुने ‘लट्टाइँ’ भने नेपालमा नै बन्न थालेको छ। गुणस्तरका हिसाबले पनि नेपालमा बनेका लट्टाइँहरु राम्रा हुन्छन्, प्लास्टिकका लट्टाइँहरु भारतबाट आयात गरिन्छ तर नेपालमा बनेका लट्टाइँ नै रुचाइन्छ। नेपाली लट्टाइँ बलिया र चलाउन पनि सजिलो हुने चित्रकार बताउँछन्। एउटा लट्टाइँको मोल २ सय ५० देखि १५ सय रुपैयाँसम्म पर्ने उनले बताए।
चंगा उडाउन लट्टाइसँगै धागो पनि उति नै महत्त्वपूर्ण हुन्छ। धागोको गुणस्तरअनुसार मूल्य फरक–फरक हुन्छ। राम्रो गुणस्तरको धागो मोटो र बलियो हुन्छ। धागोलाई कोटिङका आधारमा छुट्याइन्छ, जति धेरै कोटिङ हुन्छ उति नै बलियो र टिकाउ हुन्छ। चंगा उडाउन तीनदेखि १२ कोटिङसम्म भएका धागो प्रयोग गरिन्छ।

चित्रकारका अनुसार उनको पसलमा सबै किसिमका धागो उपलब्ध रहेको र सबै भारतबाट नै आयात हुने उनले बताए। पहिलेको जस्तो व्यापार नभए तापनि चंगा उडाउन रुचि हुने मानिसले मौसमअनुसार खरिद गरिरहेको पाइन्छ। चंगा उडाउन अनुकूल मौसम र हावा चाहिन्छ।

चित्रकार भन्छन्, ‘यो हाम्रो पुस्तैनी व्यवसाय हो। मैले १५ वर्षदेखि गर्दै आएको छु। मभन्दा पहिले बुवाले गर्नुहुन्थ्यो र त्यसअघि मेरो हजुरबुबाले। म यो व्यवसाय कायमै राख्नेछु।’ पहिले पहिले असारको महिना सुरु भएलगत्तै भ्याइनभ्याइ हुने उक्त स्टोरमा अहिले भने ग्राहकको कमी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah