दमक/झापाको दमकमा मेयर रोमनाथ ओली र उपमेयरमा गिता अधिकारी जित्ने निश्चित भएपछि एमाले कार्यकर्ताहरु उत्साहित भएकाछन् । उनिहरुले बिजय उत्सवको तयारी तिब्र रुपमा अघि बढाएकाछन् ।
मतगणनामा कुनै बिबाद नभएको अवस्थामा शुक्रबार दिउसोसम्ममा दमकले स्थानीय सरकार प्रमुख र उपप्रमुख पाउने छ । सम्भवत अब प्रमुख ओली र उपप्रमुख अधिकारी नै हुनेछन् । जितको संघारमा पुगेपछि एमालेका नेता तथा कार्यकर्ताहरुले खुसि साटासाट गर्न शुरु गरेकाछन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेले राम्रो पकड बनाएको छ । परिणाम आइसकेका अधिकाँश वाडहरुमा प्यानलै जित हासिल गरेको छ ।
मतगणनास्थलमा अहिले पहिलाजस्तो चाप पनि छैन । एमाले बाहेकका पार्टीका प्रतिनिधिहरु निराश देखिन्छन् भने एमाले कार्यकर्ताहरु उत्साहित भएको देखिन्छ ।
पहिलो पटक भएको स्थानीय सरकारको प्रमुख र उपप्रमुखमा एउटै पार्टी पुग्ने भएको छ । दूबै जनाको मतान्तर अहिलेसम्मको नतिजा अनुसार २५ सयभन्दा बढिको रहेको छ ।



