बलिउड सिनेमा ‘उचाइ’को छायांकनको लागि परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी अहिले नेपालमा छन्। काठमाडौंमा केही समय बिताएर असोज २० गते बुधबार उनीहरू छायांकनको लागि लुक्ला प्रस्थान गरेका थिए। यस सिनेमामा नेपाली कलाकारहरू पनि जोडिएका छन्।

त्यसैक्रममा बलिउडकी कलाकार परिणीतिले सगरमाथासँग फोटो खिचाएकी छन्। उनले मंगलबार सगरमाथासँग तस्वीर खिचाएकी हुन्। उनले केही तस्वीरहरू सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा राखेकी छन्। उनले अनुपम खेरसँगै हिमाल हेर्दै गरेको तस्वीर पनि राखेकी छन्।

सगरमाथाले आफूलाई नम्रताको पाठ समेत सिकाएको उनले बताएकी छन्। ‘गुड मर्निङ, माउन्ट एभरेष्ट! तिमीले आज मलाई नम्रताको पाठ सिकायौ,’ उनले लेखेकी छन्। परिणीतिले फिल्महरू लेडिज भर्सेस रिक्की भेल, इसकजादे, शुद्ध देशी रोमान्स, हँसी तो फसी, केशरी, मेरी प्यारी बिन्दु लगायतका फिल्ममा अभिनय गरेकी छन्। गत मंगलबार अनुपम खेरले काठमाडौंस्थित पशुपतिनाथको दर्शन समेत गरेका थिए।

उचाइमा एक दर्जनभन्दा बढी व्यवसायिक नेपाली कलाकार, प्राविधिक र भरियासहित केही स्थानीय पनि जोडिएको नेपालका तर्फबाट फिल्मको व्यवस्थापन गरिरहेको ‘थ्रि ह्विलर्स फिल्म प्राइभेट लिमिटेड’का निर्देशक पुष्पराज न्यौपानेले बताएका थिए।

फिल्ममा नेपाली कलाकारहरू परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारले अभिनय गर्दै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah